Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७९ मङि्सर ११ गते आइतबार

मतदाताको शिर निहुरिन दिने छैन् : सांसद् धामी


अबको ५ वर्ष जनताको हित र जिल्लाको विकासमा आफ्नो ध्यान केन्द्रीत रहने प्रदेशसभा क्षेत्र नम्बर १ का सांसद् बिक्रम सिंह धामीले बताउनु भएको छ ।

मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवी स्थित ऐतिहासिक जोलजिवी सांस्कृतिक महोत्सव २०७९ समापन समारोहमा बोल्दै उहाले प्रदेश क्षेत्र नम्बर १ का जनताको शिर निहुरिन नदिने गरी विकास गर्ने बताउनु भएको छ । 'गतल मान्छेलाई भोट हाले भनेर नसोच्नु होला तपाईहरुको शिर निहुरिन दिने छैन् उहाले भन्नुभयो' ।

साथै उहाँले जिल्लालाई समृद्ध र विकासको बाटोमा लैजान स्थानिय, प्रदेश र केन्द्र सरकार मिलेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । चौलानी र महाकाली गंगा स्थलमा रहेका तिर्थस्थलहरुको खोज अनुसन्धान गरि तिनको विकासमा ध्यान दिन मालिकार्जुन गाउँपालिकाका अध्यक्षलाई आग्रह गर्नु भएको छ साथै उहाले खेतीयोग्य जमिन महाकाली नदी किनारमा रहेको नदी कटानले दिनानुदिन जमिन मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै नदी किनारमा पक्की तटबन्ध निर्माण गरि खेतीयोग्य जमिनलाई जोगाउनु पर्ने बताउनु भएको छ ।

मालिकार्जुन गाउँपालिका प्रदेशसभा क्षेत्र नम्बर १ अन्तरगतका सरकारी विद्यालयहरुको भौतिक संरचना र शैक्षिक गुणस्तर दयनिय रहेको सांसद् धामीले बताउनु भएको बताउदै

सरकारी विद्यालयमा शैक्षिक गुणस्तर कम हुँदा बोर्डिङ स्कुल पढाउन गाउँ- गाउँबाट बच्चा र आमाहरु सहर केन्द्रीत हुँदा घरमा जेष्ठ आमाबुवाको विच्चली हुनुका साथै सरकारी विद्यालय प्रतिको आकर्षण घटिरहेको उहाले बताउनुभयो अभिभावक र बच्चाहरुको सरकार विद्यालय प्रति आकर्षण बढाउन प्राथमिक तहमा अंग्रेजी विषयको अनिवार्यरुपमा पढाई गर्न जरुरी रहेको पनि उहाले बताउनु भएको छ

शिक्षा, स्वास्थ, खानेपानी, विद्युत र अन्य कुराको विकासमा आफ्नो साथ र सहयोग रहने उहाले प्रतिबद्धता समेत जनाउनु भएको थियो । साथै उहाले निर्वाचित भए संगै मतदाताहरु संग पनि भेटघाट गर्नु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>