कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यको सरकारी निवासमा तोड्फोड गरिएको छ।
मदिरा सेवनपछि उत्पन्न विवादले तोड्फोड घटना भएको हो।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत आर्चाय, मेयर खडक रावत, वडा नं. १ का वडा अध्यक्ष घनश्याम ओझालगायतले सँगै मदिरा सेवन गरेका थिए। आर्चायले अपशव्द बोलेको भन्दै ओझाले टेबललगायत सामाग्री तोड्फोड गरेका हुन्।
‘पहिला निवास बाहिरको होटलमा मदिरासहितको पार्टी चलेको थियो, त्यही आर्चाय र वडाध्यक्ष ओझाका बीच विवाद भएको थियो,’ स्रोतले भन्यो, ‘त्यसपछि निवास गएका आर्चायले पुनः सबैजनालाई बोलाएका थिए।’
त्यसपछि आर्चाय र ओझाबीच पुनः विवाद भएको थियो। विवाद बढेपछि अध्यक्ष ओझाले टेबलमा खुट्टाले हानेर सिसा फुटाएको स्रोतले बतायो।
मेयर रावतले वडाध्यक्षलाई प्रमुख प्रशासकीय अधिकृतले घोचपेच गरेपछि टेबुल फोडेको बताए। यसबारे पत्रकार सम्मेलनमार्फत सबै जानकारी दिने प्रमुख प्रशासकीय अधिकृत आर्चायले बताएका छन्।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया