Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १२ गते सोमबार

प्रतिनिधि सभामा १५८ ठाउँकाे मत परिणाम सार्वजनिक, कस्काे कस्ताे छ अवस्था ।
फायल तस्बिर

प्रतिनिधिसभामा हालसम्म १ सय ५८ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ। नेकपा एमालेले ४२, नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार ७/७ सिटमा विजयी भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् ।

मतगणना जारी रहेका चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई/दुई ठाउँमा अगाडि छन्। एमालेका उम्मेदवार धनुषा ४ मा रघुवीर महासेठ र सुनसरी ३ मा मञ्जु चौधरीले अग्रता लिएका छन्।

सुनसरी क्षेत्र नम्बर ४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। संचार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले नै धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो। विवाद समाधान हुन नसक्दा गणना अघि बढ्न सकेको छैन।

गणना रोकिँदासम्म कांग्रेस उम्मेदवार कार्की एमाले उम्मेदवार जगदिश प्रसाद कुसियैतभन्दा ९८ मतले मात्रै अगाडि छन्। कार्कीले २३ हजार ४ सय ३९ मत ल्याउँदा कुसियैतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन्।

उदयपुर क्षेत्र नम्बर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका डा.नारायण खड्काले अग्रता कायम राख्नुभएको छ। खड्काले २१ हजार ८ सय ३३ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले २० हजार १ सय २० मत प्राप्त गरेका छन्  । दोलखा, बाजुरा र स्याङ्जा २ मा अझै मतगणना सुरु भएको छैन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>