Samriddhipost
२०८३ असोज २८ गते बुधबार
ट्रेन्डिङ
बाजुरा
२०७९ मङि्सर १२ गते सोमबार

बाजुरामा चेतनकाे शव ७ दिनपछि उठाईदै, खुलामञ्चमा श्रद्धाञ्जली सभा हुने ।

त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतन दिप ऐडीको कुटपिटबाट मुत्यु भएको ७ दिनपछि आज शव उठाइने भएको छ। आज ९ बजे श्रदाञ्जलीका लागि उनको शवलाई खुलामंचमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। श्रदाञ्जलीपछि मात्रै उनको दाहसंस्कार गरिनेछ।

गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको न्याय हेल्थअस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मंसिर ५ गते मृत्यु भएको थियो।

ऐडी नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य थिए। नेपाली कांग्रेसका कार्यकर्ताले दिउँसो बुथ कब्जा गर्न खोज्दा प्रहरीको गोली चलाएको थियो। प्रहरीको गोलीले एक जना कांग्रेस कार्यकर्ता मारिएका थिए।

त्यसपछि आक्रोशित कांग्रेस कार्यकर्ताले ऐडीको कुटपिट गरी हत्या गरेको आरोप एमालेले लगाएको छ। प्रहरी प्रशासनको संरक्षणमा सत्ता गठबन्धनले योजनावद्ध ढंगले ऐडीको हत्या गरेको भन्दै एमालेले बाजुरामा विरोध प्रदर्शन जारी राखेको छ।

यसैबीचमा प्रहरीले दुई जना लाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ पर्नेहरुमा त्रिवेणी नगरपालिका–७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय अर्का एक किशोर रहेका छन्।
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>