दार्चुलाको व्यास गाउँपालिका–४ मा मृत भेटिएका नरसिंह विष्टको घटना सत्यतथ्य छानबिन गर्न ब्यास गाउँपालिकाले माग गरेकाे छ ।
आइतबार गाउँपालिका अध्यक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाउदै उक्त अमानविय हत्या काण्डका दोषीहरुको तत्काल खोजी गरियोस्, र दोषीलाई कानूनी दायरामा ल्याई जोसुकै व्यक्ती होस्, जुनसुकै दलको होस्, जुनसुकै समुदायको होसु, सत्यतथ्य प्रमाणको आधारमा हत्यारा प्रमाणित भएकाहरुलाई हदै सम्मको कार्वाही होस् र पिडीत परिवारले उचित क्षेतीपुर्ती पाउन, कानूनको अधिनमा रही हत्या काण्डको सोधपुछ, सत्य तथ्य वृतान्त बाहिरियाेस भन्दै पालिका तर्फबाट अध्यक्ष मंगल सिह धामिले आईतबार ज्ञापनपत्र बुझाएका हुन ।
प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुगाएको बताएको छ।
उक्त घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।
‘अहिलेसम्म थुप्रै व्यक्तिलाई सोधपुछ गरेका छौं,’ उनले भने, ‘केही व्यक्तिलाई नियन्त्रणमै राखेर अनुसन्धान गरिरहेका छौं, आज साँझ या भोली निष्कर्षमा पुग्छौं।’
विष्टको शवलाई जिल्ला अस्पतालमै राखिएको छ। उनका आफन्तले हत्या भएको आशंका गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि घटनाको अनुसन्धान गरिरहेको छ। मंसिर ४ गते विष्टको शव घर नजिकैको खोलामा भेटिएको थियो।
उनी मंसिर ३ गते राति बेपत्ता भएका थिए। सत्ता गठबन्धनका कार्यकर्ताले विष्टको हत्या गरेको आफन्तको दाबी छ। विष्ट निर्वाचनका दिन भोट हाल्न नआएपछि स्थानीयले खोजी गर्दा मृत फेला पारेका थिए।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया