Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १२ गते सोमबार

बिवाहका जन्ति र सामान ल्याएर धनगढि बाट सरकारि गाडि पुग्याे महेन्द्रनगर ।

सोमबार बिहान १० बजेदेखि ११बजेसम्म एमाले निकट अनेरास्ववियु कञ्चनपुरको महेन्द्रनगर बसपार्क चम्मनचोक क्षेत्रमा चक्काजाम थियो । ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको विषयलाई लिएर बाजुरामा हत्या गरिएका एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडी हत्या प्रकरणलाई लिएर कञ्चनपुरमा समेत चक्का जाम गरिएको थियो । चक्का जाममा अनेरास्ववियुका नेताहरु खटिएका थिए । चारैतिरबाट आउने सवारी साधन रोक्दै थिए ।

एक्कासी महेन्द्रनगर बजार क्षेत्रबाट चम्मनचोकमा एक सेतो रङको जिपपनि पुग्यो । सुदूरपश्चिम प्रदेश ०१००१झ ०४७७नम्बरको डाला भएको जिपमा चाकल, एक बालक सहित केही महिला कुनै समारोह विवाह वा अन्य कुनै समारोहमा जानका लागि बसेका थिए । डालामा तरकारी सहितको समान थियो । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बन्द छ, देख्नुभएन भन्दै जिपको चापी थुतेपछि उक्त जिपमा रहेका महिलाहरु उत्रिएर गए । अन्यले पछाडी राखिएको आलु सहितको बोका पुन्तुरामा राखिएको समान निकाले ।

सोे सरकारी जिपमा सरकारी युनिफम भन्दा पनि विवाह वा कुनै समारोहमा जानका लागि तयारी अवस्थामा रहेका केही मानिस सहित पछाडी डालामा तरकारी सहितको समान राखिएको जिपको समेत चावी नियन्त्रणमा लिएका थिए । उक्त घटनाले सरकारी सवारी साधन सरकारी कामकाजका लागि भन्दा पनि निजी व्यक्तिगत कर्मचारीको घरसायी कामका लागि दुरुपयोग भएको छप्रष्टै देखिएको छ ।

चालकले उक्त सवारी साधन धनगढी उप महानगरपालिकाको र अहिले उक्त सवारी साधन निर्वाचनको काममा रहेको बताएका थिए । यो कुनैपनि सरकारी कार्यालयको भएपनि दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यसरी सरकारी सवारी साधन निजी काममा र कुनै समारोहमा समान बोक्नेदेखि आफन्त बोक्न थालेपछि स्थानीयले अख्तियारदेखि प्रशासनको ध्यानाकर्षण गराएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>