Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १२ गते सोमबार

आज हप्ता दिनपछि चेतन अयडिकाे शव परिवारले बुझ्याे, आजै दाहसंस्कार गरिने ।

मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको मतदानका दिन नेपाली काँग्रेसका कार्यकर्ताद्वारा कुटपिट पछि हत्या गरिएका विद्यार्थी नेता चेतन अयडीको एक साता पछि दाह संस्कार गरिने भएको छ।

आज सोमबार बिहान श्रद्धाञ्जलीका लागि खुलामञ्चमा खुला मञ्च मार्तडीमा राखिएको छ भने श्रद्धाञ्जली सभा पछि मार्तडीदेखि मौरेसम्म शव यात्रा गरिने भएको छ। मार्तडीदेखि करिब ३० किलोमिटर शव यात्रापछि पवित्र धाम मौरेमा दाहसंस्कार गरिने आफन्तले बताएका छन्।

अयडीको मङ्सिर ४ गते साँझ कुटपिट गरी हत्या गरिएको थियो। उनलाई घरभित्रबाटै अयडीलाई तानेर ल्याएर काँग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो। नेकपा एमाले बाजुराले चेतनका हत्यारा पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मङ्सिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>