Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

गाैतमबुद्ध बिमानस्थल बाट २ शहरकाे उडान बन्द ।

विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्दा २५ प्रतिशतसम्म छुट 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाअघि कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान संख्या घटायो। सातामा सातै उडान सुरू गरेको जजिराले यात्रु नपाएपछि एक महिनामै उडान संख्या घटाएर सातामा तीन पुर्‍यायो। 

कुवेतको जजिराले मात्र होइन, आन्तरिक उडान भरिरहेका वायुसेवा कम्पनीले पनि भैरहवाबाट विभिन्न गन्तव्यमा उडान बन्द गरेका छन्। आन्तरिकतर्फ यात्रु संख्या नपाएको भन्दै बुद्ध र सौर्य एयरलाइन्सले केही महिनादेखि उडान बन्द गरेको विमानस्थलले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार सौर्य एयरलाइन्सले भैरहवा-विराटनगर र बुद्ध एयरलाइन्सले भैरहवा-भरतपुर गन्तव्यको उडान केही महिनादेखि बन्द गरेका हुन्।

भैरहवाबाट विराटनगरमा दैनिक उडान गरिरहेको सौर्य एयरलाइन्सले सात महिनादेखि उडान बन्द गरेको महाप्रबन्धक दाहालले बताए।'यो गन्तव्यमा सौर्यले झन्डै एक महिना उडान गर्‍यो, त्यसपछि बन्द भयो,' उनले भने।

सौर्य एयरलाइन्सले भने यात्रु अभाव भन्दा पनि आन्तरिक कारणले उक्त गन्तव्यमा उडान बन्द गरेको बताएको छ। भैरहवा-विराटनगर गन्तव्यमा करिब दुई महिना नियमित उडान गरेपछि जहाज अभावका कारण उडान बन्द गरेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>