Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

दाेधारा चाँदनीमा पहिलाे पटक अन्तरंग सेवाकाे उद्घाटन ।

दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि अन्तरङ्ग सेवा सुचारु गरिएको छ् । आज मंगलबार प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिधिवतरुपमा अन्तरंङ्ग अर्थात बिरामी भर्ना गरि उपचार गर्ने सेवाको उद्धघाटन गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रमुख शुशिल जोशीले जानकारी दिएका छन् ।

उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ओम बस्नेत, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रमुख शुशिल जोशी, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेश जोशी, आशिक मंसुर, असित पोखरेल, जयनन्दन शाह लगाएत स्थानिय तथा स्वास्थ्यकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले स्वास्थ्य सेवामा फड्को मारेको बताएका छन् । अन्य स्थानको भन्दा प्राथमिक स्वास्थ्य केन्द्र निकै सुबिधा सम्पन्न हुदै गएको खुशी ब्यक्त गर्दै मेयर लिम्बुले अझ बिश्वसनिय तथा सुबिधा भएको अस्पताल निमार्ण गरि जनताका सरल तथा सहज स्वास्थ्य सुबिधा दिने हामी सबैको जिम्मेवारी रहेको बताएका छन् पहिलो पटक अन्तरङ्ग सेवा संचालनमा ल्याउन सफल भएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ओम बस्नेत तथा स्वास्थ्यकर्मीको टिमलाई मेयर लिम्बुले धन्यबाद दिएका छन् 'नगर क्षेत्रको लागी यो खुशीको पल हो' दोधारा चाँदनीका मेयर लिम्बुले भने प्राथमिक स्वास्थ्य केन्द्र दोधारा १५ सय्याको अस्पतालको स्तरउन्नतीको तयारीमा भौतिक पुर्वाधार तयारी भईरहेको छ् । नगर क्षेत्रकै आधुनिक तथा सुबिधा सम्पन्न अस्पतालकोरुपमा पहिचान बनाउन कार्यहरु अघि बढाईएको दोधारा चाँदनीका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नती गरि सुबिधा सम्पन्न बनाउन अन्तरङ्ग सेवा अघि बढाईएको नगर प्रबक्ता बस्नेतले बताएका छन् । 'नगर क्षेत्रको स्वास्थ्य संस्थालाई सुबिधा सम्पन्न बनाउन सबैको सहयोग र सहकार्य जरुरी रहेकाे बताउदै नगर प्रबक्ता बस्नेतले भने अन्तरङ्ग सेवा संचालनमा सहयोग गर्ने प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, स्वास्थ्यकर्मी, जनप्रतिनिधी लगाएत स्थानियहरुलाई बिशेष धन्यबाद दिएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक अन्तरङ्ग सेवा संचालनमा आए संगै स्थानियहरुले दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, नगर प्रबक्ता ओम बस्नेत लगाएत स्वास्थ्यकर्मीहरुलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>