हुलाकी राजमार्ग अन्तर्गत बेलडाँडी दैजी सडकखण्ड अन्तरगत झाँडी सफाई शुरु गरिएको छ । महाकाली सिँचाई जल उपभोक्ता संघले हुलाकी राजमार्ग अन्तरगत बेलडाँडी- दैजी सडकखण्डकाे झाँडी सफाई शुरु गरेको हो ।
महाकाली जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम बहादुर थापाले बेलडाँडी देखि दैजीसम्म नहर क्षेत्रमा रहेका झाँडी सफाई शुरु गरिएको बताए । ‘जेसिभी लगाएर जंगल क्षेत्रमा झाँडी सफाई शुरु गरेका छौँ, ‘अध्यक्ष थापाले भने, ‘हामीले संघमा जित्दा पहिलो बैठकबाट यो निर्णय गरेका थियौँ ।’
महाकाली सिचाई व्यवस्थापन कार्यालय, महाकाली जल उपभोक्ता संघ केन्द्रीय कार्य समिति, दोस्रो चरण सिँचाई समितिकाे संयोजनमा सफाई भईरहेको छ । महाकाली सिँचाई द्वितिय चरण जल उपभोक्ता संघका अध्यक्ष गोपाल कुँवरले उक्त सडकखण्ड अन्तरगत दायाँबाँया झाँडी भएकाले यात्रुलाई सडकमा आवत जावत गर्नका लागि समस्या भएकाे थियाे । सफाई पछि जंगली जनावरबाट हुने आक्रमणबाट सुरक्षित हुने कुँवरले बताए । उक्त सडक खण्डमा झाँडी सफाई हुने थालेपछि यात्रुले समेत सुरक्षित हुने महसुस गरेका छन ।
पछिल्लाे पटक उक्त सडकमा हात्ति, चितुवा, बँदेल लगायतका जनावर देखा परिरहेका छन । यस्ता जनावर झाडिकाे कारण लुक्ने ठाउँ हुने र नजिक बाट समेत कम देखिने भएका कारण समस्या बनेकाे थियाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया