कञ्चनपुरको दोधाराचाँदनीमा भारतबाट कुखुरा तस्करी भईरहेका छन । दैनिक सयौँ किलाे कुखुरा तस्करी भईरहेका छन । प्रतिबन्धीत कुखुरा भारतबाट दोधाराचाँदनी नाका भएर तस्करी हुन थालेपछि स्थानीय कुखुरा पालक किसान मारमा परेका छन ।
भारतबाट कुखुरा तस्करी हुन थालेपछि उनीहरुले खोरमा पालेका कुखुरा बिक्रि वितरण नभएपछि समस्यामा परेका छन । उनीहरुले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र प्रहरीको मिलोमतोमा तस्करी भईरहेको भन्दै नियन्त्रण गर्न माग अघि सारेका छन ।
भारतबाट नेपाल भित्रिने कुखुरा सशस्त्र प्रहरी र प्रहरीले नियन्त्रण नगर्दा पनि स्थानीय कुखुरा पालक किसानले नै तस्करीका कुखुरा बरामद गरेर प्रहरीलाई बुझाउन थालेका छन ।
दोधाराचाँदनी नगरपालिका १ का स्थानीय कुखुरा पालक किसान नरेश गिरीले भारतबाट दुई मोटरसाईकलमा आईरहेका कुखुरा सशस्त्र प्रहरि र प्रहरीले बरामद नगरेपछि आफुहरुले बरामद गरेर प्रहरीलाई बुझाएको बताए ।
सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र प्रहरीले तस्कर समुहबाट अवैध रकम अशुलेर निर्वाद रुपमा कुखुरा तस्करी गर्न छुट दिएको भन्दै उनले भर्सना गरेका छन ।
मोटरसाईकल सहित किसानले बरामद गरेका कुखुरा ईलाका प्रहरी कार्यालय दोधाराले भन्सारमा बुझाईएको छ । ईप्रका दोधाराका इन्चार्ज अर्जुन सिह साउदले बरामद गरिएका कुखुरा सहित मोटरसाईकल भन्सार बुझाईएको बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया