Samriddhipost
२०८२ माघ १८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १८ गते आइतबार

भारत बाट कुखुरा तस्करि भएर नेपाल आउदा किसान नेपालि पिडित, सुरक्षा निकायले सकेन तस्करि राेक्न ।

भारतबाट कुखुरा तस्करी नराेकिदा कञ्चनपुरकाे दक्षिणी क्षेत्रका कुखुरा व्यवसायी मारमा परेका छन । कुखुरा भारत बाट तस्करी भई नेपाल भित्रिदा आफुहरुकाे व्यवसाय नै धरासाय बन्न पुगेकाे उनीहरुले बताएका छन ।                                                                                     
कुखुरा तस्करी राेक्नुपर्ने अनुराेध गर्दै शनिबार  पुनर्वासमा कुखुरा व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

सम्मेलनमा पुनर्वास- बेलौरीका कुखुरा व्यवसायी र सुरक्षा निकायहरुको उपस्थिति रहेको थियोे । पत्रकार सम्मेलनमा भारतबाट आउने अवैध कुखुराका कारण पुनर्वास-बेलौरीका कुखुरा व्यवसायी धराशायी भईरहेकाले यसतर्फ सुरक्षा निकाय र स्थानिय सरकारले कडा कदम चाल्न कुखुरा व्यवसायीहरुले माग गरेका थिए ।

सम्मेलनमा तस्करीलाई नियन्त्रण गर्न सिमानामा रहेका बिओपी क्याम्प तथा ईलाका प्रहरी कार्यालयका तर्फबाट कडाईका साथ नियन्त्रण गर्ने साथै पुनर्वास नगरपालिका भित्र पर्ने बजारमा कुखुरा तथा माछा पसलहरुमा नगरपालिकाद्वारा नियमित रुपमा अनुगमन गरी नियन्त्रण गर्नुपर्ने कुखुरा व्यवसायीहरुले माग राखेका थिए ।

सुरक्षाकर्मीहरुले आफूहरूले साधन श्रोत र जनशक्तिले भ्याएसम्म अवैध सामान आउन रोकिरहेको बताएका थिए ।
पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले सबैले आआफ्नो तर्फबाट सक्दो प्रयास गरे असम्भव कुनै कुरा नभएको बताउनुभयो । त्यसैगरी ईप्रका त्रिभुवन बस्तीका ईञ्चार्ज नरेश मल्लले सबैको सहयोग पाए तस्करहरुलाई हदैसम्मको कानूनी कार्वाही गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

पुनर्वास मात्र नभएर कंचनपुरका बेलाैरि, बेल्डाडि र दाेधारा चादँनी संग सिमा जाेडिएकाे भारतीय सिमावर्ति क्षेत्रबाट दैनिक जसाे अवैध कुखुरा, माछा तथा पेय पदार्थ भित्रीने गरेको छ । तर पुनर्वासका सुरक्षा निकायहरुले प्रभावकारी तरीकाले रोक्न असमर्थ भएका छ्न ।

स्थानीयले सुरक्षाकर्मी र तस्करको मिलेमतोमा कुखुरा, माछा तथा अवैध सामान भित्रीने गरेको आरोप लगाउँदै आएका छ्न ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>