Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १८ गते आइतबार

बाजुरामा बद्रि पाण्डे निर्वाचित

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३ ६० मतान्तरले पराजित गरेहका हुन् ।

बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन् । ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् । 

बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ०५१, ०७० र ०७४ एमालेले जितेको थियो । पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए । २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए ।

२०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए । २०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए ।

पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए । २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा  प्रदीप पौडेलसँग पराजित भए । २०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते । २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए । उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>