Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १८ गते आइतबार

माया हत्या आराेपित भरतराम भारत भाग्न महेन्द्रनगर पुग्दा प्रहरी फन्दामा, बैतडि लगिने ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारततर्फ भाग्ने ताकमा महेन्द्रनगर पुगेको खुलेको छ।

शिवनाथ गाउँपालिका–४ घर भएका जवान कोलीलाई आज बिहान करिब १० बजेतिर महेन्द्रनगरको बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो। अड्डासार गरी कोलीलाई बैतडी लगिदैछ।

२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए। यसअघि मृतक मायाका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए।

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

उनकी १५ वर्षीया भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्। उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।

घाइते नेहाले दिएको बयानका आधारमा आरोपी कोली पक्राउ परेका हुन्।

माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए। बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

मंगलबार मायाको हत्यापछि कोली आफ्नै घरमा सुतेको र अर्को दिन बिहान १० बजेसम्म घरमै रहेको स्थानीयले बताएका छन्।

त्यसपछि भाग्दै कोली डडेल्धुरा पुगेको खुलेको छ। उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो। 

कञ्चनपुर प्रहरीका अनुसार त्यसपछि कोली अत्तरिया पुगेका थिए। आज बिहानै उनी गाडी चढेर महेन्द्रनगर आएका थिए।

‘भारततर्फ भाग्ने उद्धेश्यले महेन्द्रनगर पुगेको खुलेको छ,’ प्रहरीले स्रोतले भन्यो, ‘बैतडी प्रहरीले हुलिया काटेर परिपत्र गरेको थियो, बसपार्कमा डिउटीमा खटिएको प्रहरी टोलीले त्यसैका आधारमा पक्राउ गर्न सफल भएको हो।’ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>