Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ फागुन ०३ गते बुधबार

नेप्सेमा दाेहराे अंककाे गिरावट, यस्ताे छ काराेबार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो । 

यससँगै, परिसूचक २०९१ अंकमा आएर रोकिएको छ । परिसूचक दोहोरो अंकले घट्दा आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसक्रममा ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।

बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ । परिसूचक १३ अंकले घट्दा आज उत्पादनमूलक समूहमा मात्र सुधार आएको छ । यो समूहमा भने आज ४६ अंकको वृद्धि देखिएको छ ।

बाँकी सबै समूह घटेका छन् । हिजो सोमबार नेप्सेमा १६ अंकको कारोबार भएर १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो आजको कारोबार रकमको तुलनामा ५ करोडले बढी हो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>