Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
राजेन्द्र सिह बिष्ट राजेन्द्र सिह बिष्ट
२०७९ चैत १० गते शुक्रबार

कृषि विकास रणनीति जिल्ला समन्वय समिति समेत गठन गर्न बैठक आयोजना ।

स्थानीय तहका जनप्रतिनीधी, कृषि प्राविधिक तथा सरोकारवाला निकाय संग चालु आर्थीक वर्षको कृषि कार्यक्रम कार्यान्वयन तथा योजना तर्जुमा बैठक सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशको कृषि विकास रणनीति पारित भए पछी प्रदेशको कृषि विकास रणनीति जिल्ला समन्वय समिति समेत गठन गर्न बैठक आयोजना गरिएको हो ।
कञ्चनपुर जिल्ला स्थीत स्थानीय तहका जनप्रतिनीधी, कृषि प्राविधिक तथा सरोकारवाला निकाय संग चालु आर्थीक वर्षको कृषि कार्यक्रम कार्यान्वयन तथा आगामी आर्थीक वर्षको योजना तर्जुमा सम्वन्धि बैठक आयोजना गरिएको हो ।

सुदुरपश्चिम प्रदेशको १५ वर्षे कृषि विकास रणनीति पारित भए पछी पहिलो पटक उक्त रणनीतिमाथी छलफल गर्न र प्रदेशको कृषि विकास रणनीति जिल्ला समन्वय समिति समेत गठन गर्न बैठक आयोजना गरिएको हो ।

शुक्रवार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षतामा उक्त एक दिने बैठक आयोजना गरिएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेशको कृषि विकास रणनीति माथी छलफल गरिएको थियो । कायृक्रममा उपस्थित अधिकांस सहभागिहरुले नितिगत रुपमा हामीहरु पछाडि भएकोले उत्पादित बस्तुहरु निर्यात गर्न नसक्दा असहज भएको वताएका छन । साथै उहाहरुले यस्ता खालका कार्यक्रमहरु स्थानीयतहरुमा व्यापक रुपमा गरिरहनु पर्ने र बजेटको सुनिस्चीतता हुने खालका योजनाहरु बनाउनु पर्ने समेत वताउनु भएको छ ।

कायृक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले कुनै न कुनै रुपमा हामी जिल्लाबाशी सबै किसान भएकाले आजको भेला कञ्चनपुरको आर्थीक विकासका लागी महत्वपुर्ण रहेको वताउनु भएको छ । कृषिलाई उपेक्षा गरेर हामी कहिल्यै अघि बढ्न नसक्ने भन्दै उहाले नया सोच र नया उर्जाका साथ कृषि क्षेत्रको विकासका लागी हामी सबैले लाग्नु पर्ने समेत वताउनु भयो ।

कार्यक्रम बारे प्रकाश पार्दै सुदुरपश्चिम प्रदेशको कृषि विकास रणनीतिका सहजकर्ता डा. डिगर देव भट्टले प्रदेशको कृषि विकास रणनीतिलाई अगाडि बढाउन जिल्ला समन्वय समिति गठन गर्न कार्यक्रम को आयोजना गरिएको वताउनु भयो । साथै उहाले कृषि तथा पशुपालन सम्वन्धि के कस्ता कायृक्रमहरु छन भनेर छलफल गर्ने नगर तथा गाउस्तर बाट आएका योजानाहरुलाई प्रमाणित गरेर मन्त्रालयमा पठाउन समेत यो समितिले काम गर्ने उहाले बताउनु भयो ।

उक्त बैठकमा जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहका जनप्रतिनिधी कृषि तथा पशुपंक्षी शाखाका प्रतिनीधि लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो । बैठक बाट सुदुरपश्चिम प्रदेशको कृषि विकास रणनीती प्रदेश सरकार बाट स्वीकृत भईसकेकोले कृषि विकास कार्यक्रमहरु लाई प्रभावकारी रुपले कार्यान्वयन गर्न जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराको संयोजकत्वमा प्रदेशको कृषि विकास रणनीति जिल्ला समन्वय समिति समेत गठन गरिएको छ ।

















#कृर्षि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>