Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १० गते शनिबार

कांग्रेस संस्थापन इतरले वडा भेला गर्न दियो जिम्मेवारी
फाइल तस्बिर

कांग्रेस संस्थापन इतर समूहले १५औँ महाधिवेशनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा वडा अधिवेशन गराउन नेताहरुलाई वडा प्रतिनिधिको जिम्मेवारी दिएको छ । काँग्रेस संस्थापन इतर समूहले असोज १५ गते वडा अधिवेशन गराउन लागेको छ ।
निर्वाचन क्षेत्र नं. २ मा कृष्णपुर नगरपालिकाका ९,शुक्लाफाँटाका १२ र बेदकोट नगरपालिकाका ८ वडा छन् ।
बेदकोट नगरपालिका १ मा पवन नेपाली, २ मा डम्बर राज जोशी, ३ मा लाल बहादुर राना, ४ मा शिरोमणि ओझा, ५ मा भोजराज भट्ट, ६ मा पवन विक्रम सिंह, ७ मा देवकी जोशी, ९ मा अनिता मडै र १० मा भरत रोकायालाई जिम्मेवारी दिएको छ । उनीहरुमध्ये पवन सिह काँग्रेस कञ्चनपुरका कोषाध्यक्ष हुन् ।


शुक्लाफाँटा नगरपालिका १ मा हरेन्द्र भण्डारी, २ मा दुर्गा प्रसाद भट्ट, ३ मा सुजीव, ४ मा विमला सार्की ÷ भुमा चन्द, ५ मा कल्पना पन्त र ६ मा नवराज पन्तलाई वडा अधिवेशन गराउने जिम्मा दिइएको छ ।
यसैगरी शुक्लाफाँटा १० मा सिद्धराज भट्ट र १२ मा चिन्तामणि भट्टले वडा अधिवेशन गराउन वडा प्रतिनिधि भएका छन् । चिन्तामणि भट्ट काँग्रेस सुदूरपश्चिम सह महामन्त्री हुन् ।
कृष्णपुर नगरपालिका १ मा भक्त बहादुर खत्री, २ मा दिल बहादुर देउवा, ३ मा लाल बहादुर थामी, ४ मा द्रोपति राना, ५ मा टेक बहादुर बिष्ट, ६ मा गिता चौधरी, ७ मा टेक पाण्डेय, ८ मा विष्णु खड्का र ९ मा हेमराज ओझालाई जिम्मेवारी दिइएको छ ।
ओझा कृष्णपुर नगरपालिकाका मेयर हुन् । उनी काँग्रेस कञ्चनपुरका सभापति पनि हुन् ।
शुक्लाफाँटा नगरपालिका ७ मा उत्तम राज भट्ट, रमेश बहादुर ऐर, ज्ञानेन्द्र बहादुर सिंह र दान सिंह ऐरलाई महाधिवेशन तयारीका लागि जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>