Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १० गते शनिबार

लगातारको वर्षासँगै बाक्लो हिमपात भएपछि जुम्लाको चन्दननाथ नगरपालिका-८ बाट भेडा लिएर गिडीदह आसपासको गैरीगुम पाटन पुगेका ८ गोठाला सम्पर्कमा आएका छन्। 

बिहीबार रातिदेखि सम्पर्कविहीन उनीहरूले शुक्रबार अपराह्न आफन्तलाई फोन गरी आफूहरू धतौरामा सुरक्षित रहेको जानकारी दिएका हुन्। तर उनीहरूसँग रहेका करिब पाँच सय भेडाको अवस्था भने अझै अज्ञात छ।

भेडापालक बिर्ख धरालाले अपराह्न ४ बजे दाजु भैरव धरालालाई फोन गरेका थिए। ‘भाइले आफूहरू धतौरामा सुरक्षित रहेको बतायो,’ भैरवले भने, ‘तर पाँच सय भेडा कहाँ छन् भन्ने थाहा नभएको बताएको छ।’

गोठालाहरूका अनुसार पाटनमा लगातार हिउँ परिरहेको छ। सबै जना एउटै धतौरामा बसेर आश्रय लिइरहेका छन्। चिसो बढ्दै गएको र थप हिमपात भए जोखिम बढ्ने भन्दै उनीहरूले तत्काल उद्धारका लागि आफन्तमार्फत आग्रह गरेका छन्।

‘धेरै हिउँ परे जोखिममा पर्छौं, छिटो उद्धार गरिदिनुपर्‍यो भनेका छन्,’ भैरवले भने।

सम्पर्कमा आएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धार टोली परिचालन गरेको छ। प्रहरी सहायक निरीक्षक कालीबहादुर महतको नेतृत्वमा सात सुरक्षाकर्मी र एक नगर प्रहरीसहित आठ जनाको टोली पाटनतर्फ गएको हो। गोठालाका आफन्त अंकुश रावत र अमृत बोहोरा पनि टोलीसँगै छन्।

उद्धार टोली फुलचौंल्या हुँदै पाटनतर्फ अघि बढेको छ। तर बाक्लो हिमपात र कठिन भूगोलका कारण शुक्रबार नै गोठालाहरू भएको स्थानमा पुग्न नसक्ने अवस्था रहेको तातोपानी गाउँपालिका-४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए।

‘टोली आज फुलचौंल्या धर्मशालामा बस्ने जानकारी आएको छ,’ रोकायाले भने, ‘भोलि बिहान ९ बजेसम्म डण्डमाकाँध र गैरीगुम पुग्ने अनुमान छ।’

सम्पर्कविहीन हुनेमा लालबहादुर रावत, सुरतबहादुर रावत, अबिराज बोहोरा, झुसे भण्डारी, दानबहादुर रोकाया र बिर्ख धराला रहेका थिए। उनीहरू गत जेठमा भेडा लिएर पाटन पुगेका थिए।

एक सातापछि भेडा लिएर घर फर्कने तयारीमा रहेका उनीहरू मौसम बिग्रिएपछि पाटनमै रोकिएका हुन्। अहिले गोठालासँग सम्पर्क स्थापित भए पनि उनीहरूसँग रहेका सयौं भेडा कहाँ छन् भन्ने नखुल्दा चिन्ता बढेको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>