Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ चैत १३ गते सोमबार

भिमदत्तका औषधि पसलमा अनुगमन गर्दा सटरमा ताला लगाउदै भागे ब्यावसायी । पुर्ण ब्यवस्थित छैनन पसल ।

भिमदत्त नगरपालीका क्षेत्रका औषधि पसलमा आईतबार अनुगमन भएकाे छ । नियम अनुसार ब्यवस्थित भए नभएकाे, दर्ता, नबिरकण, हुनुपर्ने ब्यक्ति फर्मासिष्ट भए नभएकाे, औषधि ब्यवस्थित तरिकाले बेचे नबेचेकाे लगायतकाे अनुगमन भएकाे हाे ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य प्रवर्दन केन्द्र, औषधि व्यवस्था विभाग नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय कंचनपुर, भिमदत्त नगरपालीकाे संयुक्त अनुगमन टोलीले अनुगमन गरेकाे थियाे ।

अनुगमन भएका ९ ओटा फार्मेसीमा  डाक्टरकाे प्रेक्रिप्सन बिना बिक्रि बितरण गर्न नहुने औषधि तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखीकरण नगरेको ब्यवस्थित रुपमा नराखेकाे, पसल बाहिर एक नाम भित्र अर्कै नाम भएका, औषधि बेच्ने लाईसेन्स भएका ब्यक्ति अरु समयमा नहुने तत्काल अनुगमनका बखत बाेलाईएका जस्ता घट्नाहरु देखिएका थिए । अनुगमन हुन थालेपछि भिमदत्त नगरपालिका बजारका केहि, भासि र शुकासालका पसलहरु बन्द गरेर पसले अन्तै हिडेका देखिन्थे ।

स्थानिय औषधि ब्यावसायी नाम नखुलाउने सर्तमा बताउछन याे बाहेक पसलहरुले युवाँहरुलाई नसा दिने औषधि र गर्भपतन गराउने औषधि समेत जस्लाई पायाे त्यसैलाई बेच्ने गरेकाे र यसरी खुलेआम अनुगमनमा आउदा पुर्व जानकारि हुने गरेकाे उनिहरु पसल बन्द गर्ने तथा यस्ता औषधि लुकाउने गरेकाे बताउछन । उनका अनुसार कतिपय पसल दर्ता बिना समेत चलेकाे बताउछन ।

औषधि ब्यावस्था विभागका निरिक्षक दिपेन्द्र कुमार साह यसरी पसल बन्द गरेर भाग्ने पसले लाई दाेस्राे पटक अनुगमन आउदा प्राथमिकतामा राखेर अनुगमन गर्ने र नविकरणका लागि आउदा स्वंम ब्यावसायीलाई उपस्थित गराएर मात्र नविकरण लगायत प्रक्रिया गर्ने बताउछन । महेन्द्रनगरमा ब्वस्थित रुपमा नभेटिएका ब्यावसायीलाई पहिलाे पटकलाई ब्यावस्थित हुन भनेकाे र बढनै अब्यस्थित रहेका ब्यावसायीलाई पत्र दिएर कार्यालयमा बाेलाएकाे बताएका छन ।

नेपालगन्जमा रहेकाे औषधि ब्यावस्था बिभागले सुदुरपश्चिम, कर्णाली र लुम्बिनि प्रदेशका केही जिल्ला गरेर पच्चिस जिल्ला हेर्ने गरेकाे छ भने बार्षिक पाँच सय पसल अनुगमनकाे लक्ष्य रहेकाे निरिक्षक साह बताउछन ।

यसरी ठुलाे ठाउँ कम जनशक्ति भएका राम्राे अनुगमन नभएकाे देखिन्छ ।औषधि ब्यावस्था बिभागले प्रतेक प्रदेशमा कार्यालय खाेल्ने भनेपनि अहिले सम्म खुल्न सकेकाे छैन ।  औषधि ब्यावस्था बिभागले गर्ने काम संघियता पछि   प्रदेश र स्थानिय सरकारमा सरि सकेकाे छैन त्यस्का लागि आवश्यक ऐनहरु बनी नसकेकाे प्रदेश र भिमदत्तका तर्फवाट आएका अनुगमनकर्ताले बताएका छन ।

यसरी कहिलेकाही मात्र हुने अनुगमनले औषधि पसल ब्यावस्थित हुन नसकका, दर्ता बिना पसल चलाउने, सम्बन्धित ब्यक्ति नराखि जस्ले पनि औषधि बिक्रि गर्ने, आर्थिक फाईदाका लागि अभिलेख नराखि जस्लाई पनि औषधि बेच्दा समाजमा व्यापक समस्या सिर्जना हुँदै गएकाे जानकारहरु बताउछन । 


#औषधि पसल अनुगमन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>