बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका एक जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।
१६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार भएका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्नालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए।
आरोपित ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएको उजुरी परेको थियो। बैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए।
ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला सदरमुकामको बांगाबगडबाट पक्राउ गरेको थियो। बालिकाको स्वास्थ्य परीक्षण यसअघि नै भएको थियो। आरोपित ठगुन्नाको पनि स्वास्थ्य परीक्षणपछि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सिंहले बताए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया