Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १० गते आइतबार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागी अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न, यस्ताे छ अवस्था ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १० गते महेन्द्रनगरमा सम्पन्न भएको छ ।
सन् २०२३ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका १३७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पृष्ठपोषण,सुझावसंकलन तथा पुर्नपुष्टि गर्ने उद्धेश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको इन्सेक कञ्चनपुर प्रतिनिधि लिलि कुवंरले बताउनु भयो ।

जसमा कर्तब्यज्यानको १, बलात्कारका ८ ओटा, बलात्कार प्रयासका ४ ओटा, १२२ ओटा घरेलु हिंसा, १ यौन दुव्र्यवहार ,कुटपिटका २ र पुरुष हिंसाका ८ ओटा घटना रहेका छन् । जिल्ला अदालत, कञ्चनपुरका अधिवक्ता कौशिल्या ओझाले मानव अधिकारका घटनाहरु दिनप्रतिदिन बढिरहेकोेमा चिन्ता ब्यक्त गर्दै विद्यालयको पाठयक्रममा यौन शिक्षालाई समावेश गरिनुपर्नेमा जोड दिनुका साथै राज्य सञ्चालक निकाय नै भ्रष्टाचारी हुनाले समस्याहरु बढिरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका सई हरिकला रामजालीले ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । प्रहरी मानवअधिकारका घटनाहरुमा संवेदनशील हुदैं नागरिक समाज तथा संघसस्थाहरुसँग समन्वय र सहकार्य गर्दै काम गरिरहेका पनि उहाँले बताउनु भयो ।

गाउँमा रोजगारी सिर्जना हुन नसकेर युवा पिढि बिदेश पलायन हुन्छन, बैदेशिक रोजगारीका कारण पनि हिंसा हरु बढिरहेकाले सरोकारवाला निकायहरुले मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वय गरि अगाडि बढनुपर्ने गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले बताउनुभयो ।

उच्च अदालतका अधिवक्ता उद्धवराज भट्टले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्लन गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिदै  विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकिएको छ तर आजकल बच्चाहरु १० ÷११ वर्ष मै परिपक्क हुने हदाँ कानुनी कारणले पनि हिंसा बढेको बताउँदै घटनाको अभिलेखिकरण गर्दा पीडित तथा बालबालिकाहरुको गोपनियतामा ध्यान दिनुपर्ने बताउनुभयो ।

मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष भगवती थापाले  राजनीतिक हस्तक्षेपका कारण पीडित पक्षले न्याय पाउन नसकेको र स्थानीय तहमा घटनाहरु मिलापत्र गर्ने गरिएकोले पनि घटनामा बृद्धि भएको बताउनु भयो ।
भागी विवाहलाई जबरजस्ती करणीमा परिणत गरिने ,घरपरिवारको सहमती भएपनि प्रहरीको डरले मुद्दा दर्ता गनुपर्ने कारण पनि हिंसा बढीरहेको अल्पकालिन सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनुभयो । साथै नगरपालिकाले सहयोग नगरेको कारण सेफ हाउस सञ्चालनमा कठिनाई आईरहेको पनि उहाँले बताउनुभयो 
नशालु पदार्थको सेवन ,साइबर क्राईम, घरको संस्कार ,आमाबाबुले बच्चाहरुमा ध्यान नदिनुका कारण पनि हिंसा बढदै गईरहेको पत्रकार महासंघका अध्यक्ष माधव धामीले बताउनुभयो ।

राज्यको कार्यान्वयन पक्ष एकदमै फितलो हुनुका साथै जवाफदेहिताको अभाव देखिएकोले नागरिकहरुमा मानवअधिकार मैत्री नभएको माईती नेपालका संयोजक महेश्वरी भट्टले बताउनुभयो । साथै उहाँले नागरिक कर्तब्यको कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
सरोकारवाला निकायहरु पहिला घटनाका बारेमा नबोल्ने मिलाउन तिर लाग्ने नमिले पछि मात्रै घटना बाहिर आउने क्रममा कमी नहुन्जेल सम्म हिंसा मा कमी नहुने डब्लु एच आर कञ्चनपुर का अध्यक्ष जानकी जोशीले बताउनुभयो ।


#मानव अधिकार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>