Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०३ गते सोमबार

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणमा परि आचार्यको मृत्यु

कञ्चनपुरको बेलौरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान बेलौरी नगरपालिका वडा नम्बर-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट बेलौरी नगरपालिका वडा नम्बर-३ बुटाबारी बस्ने ६५ वर्षीय श्रीप्रसाद आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्यको शवलाई उहाँका छोरा निर्मल आचार्यले सनाखत गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बिहान करिब ८ बजेतिर स्थानीयले बेलौरीबाट कलुवापुरतर्फ जाने पक्की सडक खण्डमा बेवारिसे अवस्थामा एउटा साइकल देखेपछि प्रहरीलाई जानकारी गराउनु भएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गर्दा उक्त सडकबाट करिब २०० देखि २५० मिटर टाढा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा प्रहरीले आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>