Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८० पुष ०१ गते आइतबार

महाकालीमा बिशेषज्ञ सहित ६ डाक्टर थपिए

महाकाली प्रादेशिक अस्पतालमा चार जना विशेषज्ञ डाक्टर थपिएका छन् । आइतबार महाकाली प्रादेशिक अस्पतालमा बालरोग बिशेषज्ञ, जनरल सर्जन, एनेस्थेसियोलोजिष्ट, एडिजीपी र दुई जना रेडियोग्राफर थपिएका हुन ।

महाकाली प्रादेशिक अस्पतालको करार दरबन्दीमा चार विशेषज्ञ सहित छ जना डाक्टर थपिएको अस्पतालका अध्यक्ष कृष्ण भट्ट (किरण) ले बताए ।

बालरोग बिशेषज्ञमा नम्रता सिन्दान, जर्नल सर्जनमा प्रयास न्यौपाने, एनेस्थेसियोलोजिष्टमा मुकेश गामी, एमडीजीपीमा योगेश भट्ट र रेडियोग्राफर परमेश्वरी पन्त र किरन ऐडी सहित ६ जना थपिएको अध्यक्ष भट्टले बताए ।

करार दरबन्दीमा थपिएका चार बिशेषज्ञ डाक्टर सहित ६ जनालाई आज अस्पतालमा स्वागत समेत गरिएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, गाइनो एक, अर्थोपेडिक सर्जन दुई र इएनटी एक गरि सात जना बिशेषज्ञ डाक्टर पहिले देखि नै कार्यरत छन् ।

आज थप भएका चार बिशेषज्ञ डाक्टर पाएपछि अब महाकाली प्रादेशिक अस्पतालमा ११ जना विशेषज्ञ डाक्टर हुँनेछन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>