Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० माघ २९ गते सोमबार

जनयुद्ध दिवसको अवसरमा कैलालीको एक गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
जिल्लाको मोहन्याल गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते महान शहीदहरू को सम्झनामा पालिकाका सम्पूर्ण कार्यालय शैक्षिक संस्थाहरूमा  सार्वजनिक बिदा  हुने जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘’राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका साथै सामन्ती, निरङ्कुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएको महान जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका क्रममा बलिदान प्राप्त गर्नुहुने महान शहीदहरू को सम्झनामा गाउँपालिकाको निर्णयानुसार २०८० फाल्गुण १ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिइएको छ । साथै उक्त दिन महान जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनमा शहीद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तजनलाई सम्मान गर्ने कार्यक्रम रहेको हुँदा उपस्थितिका लागि अनुरोध छ ।’’
तत्कालीन माओवादीले ०५२ बाट १० वर्षसम्म सशस्त्र संघर्ष सञ्चालन गरेको थियो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>