Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
सुपमा मासु उत्पादन
२०८० फागुन ११ गते शुक्रबार

सुदुरपश्चिममा कहाँ कति हुन्छ मासु उत्पादन ।

सुदूरपश्चिम प्रदेशभित्र ४४ हजार मेट्रिकटन भन्दा बढी मासु उत्पादन भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

प्रदेशका ९ वटै जिल्लामा गरी आर्थिक वर्ष २०७९/८० मा कुल ४४ हजार तीन सय ६४ मेट्रिकटन मासु उत्पादन भएको नेपाल राष्ट्र बैंक धनगढीको अध्ययन प्रतिवेदनले देखाएको हो। सबैभन्दा बढी कैलालीमा १९ हजार तीन सय ५० र सबैभन्दा कम बाजुरामा एक हजार ६ सय ६७ मेट्रिकटन मासु उत्पादन भएको छ।

कैलालीपछि कञ्चनपुरमा सबैभन्दा बढी ७ हजार पाँच सय २६ मेट्रिकटन मासु उत्पादन भएको छ। सो अवधिसम्ममा पहाडी जिल्ला दार्चुलामा दुई हजार दुई सय ७०, बैतडीमा तीन हजार ३२, डडेल्धुरामा दुई हजार एक सय २९ मेट्रिकटन मासु उत्पादन भएको अध्ययन प्रतिवेदनले देखाएको छ।

त्यस्तै बझाङमा दुई हजार ७ सय ४०, डोटीमा तीन हजार एक सय ९७ र अछाममा दुई हजार  चार सय ५१ मेट्रिकटन मासु उत्पादन भएको छ। मासु उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४३ दशमलव ६२ र बाजुरा जिल्लाको सबैभन्दा कम ३ दशमलव ७६ प्रतिशत देखिएको छ।


मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन १ दशमलव १९ प्रतिशत, खसी/बोका/भेडाको मासु उत्पादन ४ दशमलव १२ प्रतिशत, सुंगुर/बंगुरको मासु उत्पादन ३ दशमलव शून्य ४ प्रतिशत, भैंसी/राँगोको मासु उत्पादन १ दशमलव ७४ प्रतिशतले बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक १६ किलो मासु आवश्यक हुन्छ। नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति वार्षिक १४ किलो छ। सुदूरपश्चिम प्रदेशभित्र मासु बढी र दूध ज्यादै न्यून सेवन भइरहेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>