Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० चैत २० गते मङ्गलबार

नागरिक उन्मुक्ति अध्यक्षले गरिन कार्वाहि सुरु

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योन्जन तामाङ र एवं गण्डकी प्रदेशका इन्चार्ज राजन गुरुङलाई पार्टीबाट निष्कासन गरेकी छिन् । हिजो अनामनगरमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल डगौरा र रमेश विश्वकर्मालाई कुटपिट गरेपछि उनले पार्टीबाट निष्कासन गरेकी हुन् ।
अध्यक्ष श्रेष्ठले हिजै  अध्यक्ष तामाङ र गुरुङलाई निष्कासन गरेको पत्र पठाएकी थिइन् । रञ्जिता श्रेष्ठले बोलाएको संस्थापक केन्द्रीय सदस्यको बैठकमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरू सहभागी भएपछि पार्टी कार्यालयमा विवाद भएको थियो । विवादको क्रममा रेशम चौधरी पक्षका नेताहरूले रञ्जिता पक्षका नेताहरूलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
तर रेशम चौधरीले यसरी कसैलाई कुटपिट नगरिएको दाबी गरेका छन् । उनले चैत २३ गतेका लागि महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको बैठक बोलाएका छन् । यही बैठकबाट सबै कुराको छिनाफोनो हुने चौधरी बताउँछन् । 
यद्यपि अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशदेखि केन्द्रसम्म वर्तमान गठबन्धनमा पार्टी सहभागी हुने निर्णय गरिसकेको हुनाले त्यसलाई कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएकी छिन् । 


#रन्जिता श्रेष्ठ #नागरिक उन्मुक्ति

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>