Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २० गते मङ्गलबार

नागरिक उन्मुक्ति अध्यक्षले गरिन कार्वाहि सुरु

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योन्जन तामाङ र एवं गण्डकी प्रदेशका इन्चार्ज राजन गुरुङलाई पार्टीबाट निष्कासन गरेकी छिन् । हिजो अनामनगरमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू रामलाल डगौरा र रमेश विश्वकर्मालाई कुटपिट गरेपछि उनले पार्टीबाट निष्कासन गरेकी हुन् ।
अध्यक्ष श्रेष्ठले हिजै  अध्यक्ष तामाङ र गुरुङलाई निष्कासन गरेको पत्र पठाएकी थिइन् । रञ्जिता श्रेष्ठले बोलाएको संस्थापक केन्द्रीय सदस्यको बैठकमा महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरू सहभागी भएपछि पार्टी कार्यालयमा विवाद भएको थियो । विवादको क्रममा रेशम चौधरी पक्षका नेताहरूले रञ्जिता पक्षका नेताहरूलाई कुटपिट गरेको आरोप लगाइएको छ ।
तर रेशम चौधरीले यसरी कसैलाई कुटपिट नगरिएको दाबी गरेका छन् । उनले चैत २३ गतेका लागि महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिको बैठक बोलाएका छन् । यही बैठकबाट सबै कुराको छिनाफोनो हुने चौधरी बताउँछन् । 
यद्यपि अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशदेखि केन्द्रसम्म वर्तमान गठबन्धनमा पार्टी सहभागी हुने निर्णय गरिसकेको हुनाले त्यसलाई कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएकी छिन् । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>