Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १७ गते सोमबार

क्रान्तिकारीकाे तालाबन्दीले भिमदत्तकाे खुल्याे चेत, शुल्क वृद्धि फिर्ता हुने, खुल्याे ताला ।

नेकपा ( माओवादि केन्द्र ) निकट विद्यार्थी संगठनले भिमदत्त नगरपालिका भित्रका ५ संस्थागत विद्यालयमा आईतबार शुल्क बृद्धि लगायका बिषयमा तालाबन्दी गरेपछि आज साेमबार भिमदत्त नगरपालिकाले त्रिपक्षीय छलफल गरेकाे छ ।
छलफल पछि तीन सुत्रिय सहमति भएकाे क्रान्तिकारि विद्यार्थि संगठनका जिल्ला संयाेजक भुन सिह बिष्टले जानकारी दिएका छन । 
 नगरपालिकाले  अर्काे  निर्णय नगर्दा सम्म २०८० सालकै मासिक शुल्क लिने ।
चालु शैक्षिक सत्र ०८१ मा कञ्चनपुरका निजी विद्यालयले (बोडिङ्ग स्कुल) गरेकाे शुल्क बृद्धि फिर्ता गर्ने २०८० काे शुल्क कायम गर्ने, कायम गरे नगरेकाे अनुगमन गर्ने तथा बिद्यालयले लिने गरेकाे भर्ना शुल्क, पाठ्यपुस्तक ब्यावस्थापन तथा बिद्यालय वर्गिकरण किषयमा सुझाव सहितकाे प्रतिवेदन पेश गर्न भिमदत्त नगरपालिकाले प्याब्सन, एन ब्याब्सन र विद्यार्थी संगठनहरुकाे समेत प्रतिनिधित्व हुने गरि अनुगमन तथा सुझाव समिति गठन गर्ने र क्रान्तिकारीले गरेकाे तालाबन्दी फिर्ता गर्ने निर्णय गरेकाे छ ।
विद्यालय हेर्ने जिम्मेवाारि स्थानिय सरकार भए अनुसार विद्यालयकाे वर्गिकरण गरि शुल्क निर्धारण हुनुपर्ने भएपनि भिमदत्त नगरपालिकाले याे काम गरेेकाे थिएन । क्रान्तिकारी विद्यार्थिले तालाबन्दी गरेपछि भिमदत्तकाे छलफल गराउन, विद्यालय वर्गिकरण गर्ने बारे चेत खुलेकाे छ ।
क्रान्तिकारीले यस अघि लगाएका पाँच विद्यालयमा ताला खोलेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, भीमदत्त नगरका उपप्रमुख निलम लेखक सहितका सरोकारवालाहरुको उपस्थितिमा भएका तीन बुँदे सहमती कार्यान्वयन गर्ने पक्षमा सरोकारवालाले जोड दिएका छन ।
अखिल क्रान्तिकारीले शुल्क बृद्धि खारेजी गर्नुपर्ने, गत शैक्षिक सत्र ०८० कै शुल्क कायम हुनुपर्ने, पाठ्यपुस्तक परिर्वतन गर्न नहुने, गत बर्षकै पुस्तक हुनुपर्ने, विद्यार्थीबाट हरेक बर्ष भर्ना शुल्क लिन नहुने, विद्यालयले दिने न्यूनितम १० प्रतिशत छात्रबृति वितरणका लागि दिनुपर्ने सुचना सार्वजनिक गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको थियो ।

 


#अखिल क्रान्तिकारीकाे तालाबन्दीले भिमदत्तकाे चेत खुल्याे

प्रतिक्रिया