Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ जेठ ०२ गते बुधबार

दोधारा चाँदनीका जेष्ठ नागरिकको एक टोली शुदुरपश्चिमका धार्मिक तिर्थस्थल प्रस्थान

दोधारा चाँदनी नगरपालिकाका जेष्ठ नागरिकको एक टोली शुदुरपश्चिमका बिभिन्न धार्मिक तिर्थस्थलको लागी प्रस्तान गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको राष्ट्रिय जेष्ठ नागरिक समाजको एक टोली शुदुरपश्चिमको बैतडी र डडेल्धुरामा रहेका बिभिन्न तिर्थस्थलको भ्रमणको लागी आज दोधारा चाँदनी नगरपालिका कार्यालयबाट प्रस्तान भएको छ् । 

राष्ट्रिय जेष्ठ नागरिक समाजको २० जनाको टोली बैतडी र डडेल्धुराको बिभिन्न धार्मिक स्थल भ्रमणको लागी आज बिहान दोधारा चाँदनी नगरपालिकाबाट प्रस्तान भएको दोधारा चाँदनी नगरपालिका उपमेयर गंगा देबी जोशीले जानकारी दिएका छन् । धार्मिक तिर्थस्थलका  भ्रमणका लागी प्रस्तान गरिएका २०: जना जेष्ठ नागरिकलाई आज बिहान नगरपालिका कार्यालयबाट उपमेयर जोशीले बिदाई गरेका थिए । चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले राष्ट्रिय जेष्ठ नागरिक समाजलाई आन्तरिक धार्मिक स्थलको भ्रमणको लागी रु. १ लाख रकम बिनियोजन गरेको हो । सो कार्यक्रम अनुसार २० जेष्ठ नागरिकको टोली बैतडी र डडेल्धुराको बिभिन्न धार्मिक स्थल भ्रमणको लागी प्रस्तान गरेको उपमेयर गंगा देबी जोशीले बताएका छन् । 

 ‘जीवनको उत्तरार्धमा पनि घुम्न पाईएला र शुदुरपश्चिमको विभिन्न धार्मिकस्थलको दर्शन गरिएला भन्ने कल्पना पनि गरेको थिएन,’ एक जेष्ठ नागरिकले भने, ‘अव कतिबेला बैतडी र डडेल्धुरामा पुगेर धार्मिक स्थलको हेरुला र अन्य धार्मिक तथा पर्यटकियस्थलमा पनि पुगौंला भनेर खुल्दुली भएको भएको छ ।’ जिवनको उत्तरार्धमा नजिकको सरकारले वृद्धवृद्धालाई सम्झेकोको राष्ट्रिय जेष्ठ नागरिक समाज दोधारा चाँदनीका अध्यक्ष कृष्ण बिहारी पन्तले बताए । बैतडी र डडेल्धुराको त्रिपुरा सुन्दरी, जगनाथ मन्दिर, उग्रतारा मन्दिर लगाएत धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम तय गरिएको राष्ट्रिय जेष्ठ नागरिक समाज दोधारा चाँदनीका अध्यक्षपन्तले बतएका छन् । शुदुरपश्चिम क्षेत्रकै धार्मिक स्थलको दर्शन गर्न जान पाएकोमा आफू सहित सबै वृद्धवृद्धाहरु खुसी भएको राष्ट्रिय जेष्ठ नागरिक समाज दोधारा चाँदनीका सचिवव गणेश रावलले बताएका छन् । जेष्ठ नागरिकलाई देवता सरह सम्मान दिनुपर्छ भन्ने सन्देश दोधारा चाँदनी नगरपालिकाको रहेको भन्दै उपमेयर गंगा देबी जोशीले  यसले परिवार र समाजमा पनि खुसियाली ल्याउने विश्वास व्यक्त गरे । यो भ्रमणले वृद्धवृद्धाहरुलाई धार्मिकस्थलको भ्रमण यात्राका लागि विदाई गर्दै उपमेयर जोशीले जिवनको उत्तरार्धमा भएको भ्रमणले उनीहरुमा सकारात्मक उर्जा थपिने बताए । वृद्धवृद्धालाई जिवनको उत्तरार्धमा मेरो कोही छैन भन्ने भावना नराख्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरुको साथमा हामी छौं । नगरपालिका छ् ।’ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>