Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ०६ गते आइतबार

शुक्लफाँटा वडा ८ मा प्रशासन संग मागियाे सुरक्षा
फायल फाेटाे

शुक्लफाँटा नगरपालीका ८ ले वडा आसपास गैरकानुनी काम कार्वाही भएकाे भन्दै प्रशासन संग सुरक्षाकाे माग गरेकाे छ । 
नगरपालिका वडा नं. ८ र आसपासको क्षेत्रमा तपशिल बमोजिमका गैरकानुनी काम कारवाहीहरु निरन्तर जारी रहेको व्यापक जनगुनासो वडा कार्यालयमा निरन्तर प्राप्त भई रहेकोले  उल्लेखित गैरकानुनी गतिविधीहरु नियन्त्रणका लागी सम्वन्धित निकायहरु बाट समेत आवश्यक सहयोग प्राप्त हुने गरि तत्काल सुरक्षा सहयोगको व्यवस्था मिलाईदिन भन्दै जिल्ला प्रशासन कार्यालय कंचनपुरलाई अनुराेध गर्दै वडा अध्यक्ष बहादुर सिह महराले बुधबार यस्ताे  पत्र लेखेका छन ।
यस्ता छन वडामा रहेका समस्या 
१ लागु औषधको व्यापक सेवन, ओसार पसार र सो कार्यले झै-झगडाका घटनाहरु बढेको सौ कार्यले वडाको शान्ति सुरक्षामा समेत खलल् पुगेको ।

२.शु.न.पा. ८ भएर वग्ने विभिन्न नदिनाला तथा खोला नालाहरुवाट रातभरी नदि जन्य पदार्थको अवैध तरिकाले चोरी तस्करी भै रहेको ।
३. वडा भित्रको राष्ट्रिय वन र चुरे क्षेत्रबाट वन पैदावरको अवैध तस्करी र चोरी सिकारी भईरहेको ।
४. वडा भित्र दर्जनौको संख्यामा अवैध मदिरा पसलहरु विना इजाजत र विना नियन्त्रण संचालन भईरहेको र सो कार्यले शान्ति सुरक्षामा खलल् पुगेको ।
५. वडा भित्रका पुल पुलेसा, चोक चौताराहरु र सुरक्षाका दृष्टिकोणले सम्वेदनशिल मानिएका क्षेत्रहरुमा रात भरि लागु औषध सेवन कर्ताहरु जम्मा भई सामुहिक झै-झगडा र हो-हल्ला गर्ने गरेको उल्लेखित कार्यहरुले शान्ति सुरक्षमा खलल् पुगिरहेको ।
६. वडा भित्र रहेका पर्यटकिय स्थलहरु धारापानी र बतासे झरना लगायतका क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको अवागमन बढे सँगै सुरक्षा चुनौती थपिएको र सो क्षेत्रमा सुरक्षाकर्मी र ट्रफिक प्रहरीको आंशिक भए पनि सुरक्षा सेवा आवश्यक परेको ।
७. विभिन्न समयमा माग गर्दा पनि शु.न.पा.८ मा अस्थायी प्रहरी पोष्टको माग सम्वोधन नभएको ।
८. अवैध हात हतियार प्रयोग र बन्यजन्तु अपराध बढेको ।
वडा नजिकका क्षेत्रबाट प्रहरिले अबैध हतियार, चित्तलकाे मासु र बेला बखत अबैध उत्खननका ट्याक्टर लगायत समातिने गरेका छन । अवैध वन कटानी समेत हुने गरेकाे स्थानिय तथा वन कर्मिहरुले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>