Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०८ गते मङ्गलबार

आर्थिक बेथिति राेक्न भिमदत्तमा वाईसियलकाे ज्ञापन पत्र

कञ्चनपुरको भीमदत्त नगरपालिका हुने आर्थिक बेथिति रोक्न माग अघि सारेर योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसियल) ले ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिय) ले पालिकामा आर्थिक बेथिति भइरहेको भन्दै रोक्न माग अघि सारेको हो । 
वाईसियल भीमदत्त नगरपालिका इन्चार्ज तुल बहादुर थापाले आर्थिक वर्ष ०७९ र ०८० मा कोटेसन सहितका विभिन्न योजनाहरूमा केही जनप्रतिनिधि र कर्मचारीको मिलोमतो गरेर कमिसनको खेलमा योजना वितरण गर्न लागेको भन्दै रोक्न उपप्रमुख निलम लेखकलाई ज्ञापन पत्र बुझाएको बताए
‘गत वर्षदेखि हालसम्म नगरपालिकादेखि सबै वडाहरूमा वितरण भएका योजना फेरिपनि कमिसनको खेल भइरहेको हामीले जनगुनासो पाएरै प्रमुख नभेटिएपछि उपप्रमुखलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ, ‘इन्चार्ज थापाले भने, ‘पालिका सेकेनमेनलाई बुझाएको यो ज्ञापन पत्र बारे सुनवाई नभएर शसक्त आन्दोलन गछौँ ।’ 
राजनीतिक पहुँच र कमिसनको भरमा योजना वितरणले नागरिकलाई स्थानीय सरकारको आभास समेत नभएको अवस्थामा आफूहरूले स्थानीय सरकारको ध्यानाकर्षण गराएको बताए । गत र चालु आर्थिक वर्षका योजनाको विवरण समेत माग गरिएको छ । नगरपालिका भइरहेको आर्थिक बेथिति नरोकिएर वाईसियलले त्यस विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।  

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>