दोधारा चाँदनी नगरपालिकाका सवारी चालकलाई उपचारको लागी आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका हेवी सवारी चालक प्रेम बहादुर चन्दलाई उपचारको लागी नगरपालिका क्षेत्रमा रहेका कर्मचारीहरुबाट संकलन गरिएको रु. ७० हजार ६ सय २० रुपिँया हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका कर्मचारी मोहन सुनारले जानकारी दिएका छन् । बिगत केही वर्ष देखि क्यान्सर रोगबाट ग्रसित रहेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी सवारी चालक प्रेम चन्दको आर्थिक अवस्था दैनिय रहेको कारण उपचार सहयोगको लागी आर्थिक सहयोग गरिएको मोहन सुनारले बताएका छन् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा एक कार्यक्रमको बिच सवारी चालक प्रेम चन्दलाई संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्याक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भानदेव भट्ट लगाएत कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रममा सवारी चालक प्रेम चन्दको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया