Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ११ गते शुक्रबार

०७३- देखि ०७५ सालमा जन्मिएका बालबालिका लाई  पाेलियाे बिरुद्ध काे खाेप दिईने

कञ्चनपुरका ३३ हजार हाराहारी बालबालिकालाई पाेलियाे बिरुद्धकाे (आईभिपी) खोप दिईने भएको छ । बालबालिकाहरुलाई नियमित खोप अन्र्तरगत यस अघि छुटेका बालबालिकाहरुलाई आईभिपी खोप दिईने भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले १३ जेठदेखि २३ गते सम्म जिल्लाभरी खोप अभियान संचालन गर्ने जनाएको छ । पालिकाका विद्यालय अनुसार खाेप लगाउने दिन तय गरिने छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवरले खोप अभियानको जिल्लाका तयारी पुरा भएको बताए । उनका अनुसार ०७३ बैशाखदेखि ०७५ असोजसम्म जन्मिएका ५ बर्ष मुनीका बालबालिकाहरुलाई खोप दिईने बताए ।

सुईका माध्यमबाट बालबालिकाहरुलाई खोप दिईने छ ।
स्वाथ्य कार्यालय कञ्चनपुरका तथ्याङ्क सहायक खगेद्र कार्कीले जिल्लाभरीका उक्त उमेर समुहका अध्ययन गर्ने बालबालिकाहरुलाई खोप दिईने छ । तथ्याङ्क सहायक कार्कीका अनुुसार जिल्लाभरी ३३ हजार, ९४२ बालबालिकाहरुलाई खोप दिईनेछ ।

बेलडाँडी गाँउपालिका १ हजार १७४, बेलौरी २ हजार ७९३, लालझाडी गाँउपालिका १ हजार ३८१, पुनर्वास नगरपालिका ४ हजार ३११, शुक्लाफाँटा नगरपालिका ३ हजार ५८०, भीमदत्त नगरपालिकामा ८ हजार ५६२, बेदकोट नगरपालिकामा ३ हजार २३२, कृष्णपुर नगरपालिकामा ५ हजार ६६७ र दोधाचाँदनी नगरपालिका ३ हजार २४२ बालबालिकालाई खोप दिईनेछ ।

उक्त खोप अभियानका लागि १सय ५३ स्वास्थ्यकर्मी र ७सय १० स्वयसेविका सहित ८सय ६३ जनशक्ति खटिनेछ । खोप अभियानका क्रममा केही बालबालिबकामा समस्या आए महाकाली प्रादेशिक अस्पतालका मेसुकाे संयाजकत्वमा बाल रोग विशेषज्ञ सहितकाे स्वास्थ्यकर्मीको टोली तयार गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सुपरभाईजर कपिलदेव जोशीले अभियानका दौरानमा कुनै स्वास्थ्य समस्या आए संचारकर्मीदेखि सरोकारवाला निकाय सबै जिम्मेबार बन्नुपर्नेमा जोडदिए ।

केन्द्रले १३ जेठदेखि २६सम्म समय तोकेपनि कञ्चनपुरमा २३जेठभित्रै सकिने छ । खोप अभियान सफल पार्नका लागि सरोकारवाला सकृय हुनुपर्नेमा स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>