Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ १२ गते शनिबार

दोधारा  बाबाथान सडक खण्ड निमार्ण कार्य अघि नबढाए आन्दोलन गर्ने व्यवसायीहरुको चेतावनी

दोधारा चाँदनीको् बाबाथान बजारमा मूल सडक खण्ड जीर्ण भएपछि वासिन्दा सास्ती खेप्दै आएका छन् । ओटासिल प्रविधिमा केही वर्ष अघि गरिएको कालोपत्रे सडक जीर्ण भएपछि स्थानीय आवतजावत तथा सवारी साधान आवागमनमा निकै समस्या भएको व्यवसायीहरुले बताए । आर्थिक २०७०/०७१ आर्थिक वर्षमा निमार्ण सुरु गरिएको उक्त ओटासिल सडक २०७५/०७६ मा सम्पन्न भएको हो । झण्डै १४ वर्षपछि निमार्ण गरिएको सडक जीर्ण भएपछि गत वर्ष एक निमार्ण कम्पनीले जीर्ण भएको सडकको निमार्ण कार्य सुरु गरेको हो । 
निर्माण कम्पनीले सडक निमार्ण कार्यलाई अलपत्र बनाएर छाडे संगै उक्त सडक नदीको बगर सरह भएको छ । बाबाथान बजार क्षेत्रको झण्डै २ सय मिटर सडक अलपत्र भए संगै स्थानिय तथा बजार व्यवसायीहरुले समय समयमा विरोध जनाउदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको मूल सडक खण्ड सडकनै जिर्ण भई सवारी साधन आवागमन तथा हिडडुल गर्न सास्ती भएपछि स्थानियहरुले आन्दोलन गर्ने बताए । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार निवासी रवि यादवले बाबाथान बजार क्षेत्रको सडक पिच नगरे सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बाबाथान बजारका एक व्यवसायी रवी यादवले सडकमा बग्रेल्ति फुटाएको ढुङ्गा संगै धुल्याम्मे सडक भएको कारण बाजर क्षेत्रमा हिडडुलमा समेत निकै समस्या आएको बताए । 

बजारमा राखिएको मिष्ठान पसल बढी प्रभावित बन्दै गएको व्यवसायीहरु बताउछन् । हावाहुरीको कारण सडकबाट उड्ने धुलोले व्यवसायीहरुको पसलहरुमा धुलोको कारण पसल धुलाम्ये हुने गरेको छ् । बाबाथान बजार दोधारा चाँदनी नगरपालिका क्षेत्रको सबै भन्दा पुरानो बजार मानिन्छ् । बजार व्यवसायीहरुले स्थानिय तहका जनप्रतिनिधिलाई सडक धुल्याम्मे भएर आफ्नो व्यावसायमा समस्या पर्दै आएको बताएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सडकको कारण आउने धुलो, मैलोलाई रोक्न तीन थान सानो सिचाईको मोटर उपलब्ध गराएको व्यवसायीहरुले बताए । बाबाथान बजार व्यवसायीहरुले एक जानकारी पत्र प्रकाशित गर्दै आउदो १५ गते भित्र बाबाथान सडक निमार्ण कार्य अघि नबढाए तिन पाङग्रे र चार पाङग्रे सवारी साधन आवागमनमा प्रतिबन्ध लगाउने भनिएको छ् । बाबाथान बजार व्यवसायीहरुले सडक निमार्ण कार्यको बारेमा सरोकारवाला निकाय संग झुटो आश्वासन मात्रै पाईरहेको बताउदै सडक निमार्ण कार्य अघि नबढाएमा व्यवसायीहरुले चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>