Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १४ गते सोमबार

दोधारा चाँदनीमा अबको वर्षायाममा ‘साइरन’ ले दिन्छ बाढीको पूर्व सूचना

डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा बाढीको पूर्व सूचना दिन स्मार्ट साईरन जडान गरेको छ् ।

डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा संचालित सुद्दढ परियोजनाले दोधारा चाादनी नगरपालिका कार्यालय संगको समन्वयमा दोधारा चाँदनी नगरपालिका वडा नं. १० को ओमकार आधारभुत विद्यालयको छतमा उक्त साईरन जडान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

स्मार्ट साइरन मार्फत बाढीको मात्र नभई शितलहर, हावाहुरी, खडेरी, लु, जंगली जनावर लगाएत अन्य प्रकोपहरुको समेत पुर्व सूचना सम्प्रेषण गर्न सकिने गरि समुदायलाई पूर्व सूचना दिन स्मार्ट साइरन जडान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

केही महिना अघि जडान गरिएको बहुप्रकोपिय साईरनले आफ्नो काम सुरु गर्दै आएको उनले बताए । दोधारा चाँदनी नगरपालिका–१० को कुतियाकवर, अठार नम्वर पिल्लर, सुर्खेती टोल, शान्ती टोल, बैतिफाँटा लगाएत बस्ती बाढीको उच्च जोखिममा रहेको बस्तीलाई लक्षित गरि साईरन जडान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले जानकारी दिएका छन् । साईरनले समुदायलाई विभिन्न विपदको पूर्वसुचना समयमै भरपर्दो तरिकाले दिन सहयोग पुग्ने दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताए ।

वर्षायाममा स्मार्ट साईरनले बाढीको पूर्व सूचना दिन निकै सघाउ पुग्ने कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारले बताएका छन् । स्मार्ट साईरन रिमोट कन्ट्रोल, एसएमएस तथा इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने तथा भ्वाइस म्यासेज समेत प्रसारण गर्न सकिने छ् । जडान गरिएको साईरनमा नेपाल टेलिकम र एनसेल दुवैको सिम प्रयोग गरिएको छ् । जसले गर्दा कुनै एक नेटवर्कमा समस्या भएको अवस्थामा स्वचालित रुपमा अर्को नेटवर्क मार्फत साईरन संचालन गर्न सकिने छ् ।

यस अघि डीसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र आईएचआरआरले दोधारा चाँदनी नगरपालिका कार्यालय संगको साँझेदारी र जल तथा मौसम विज्ञान विभाग संगको समन्वयमा महाकाली नदीको चारलेन पुलमा स्वचालित जल सतह मापन केन्द्र समेत जडान गरिएको छ् ।

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाबाट विपद्को पूर्वसुचना प्राप्त भए पश्चात स्मार्ट साईरनबाट समुदायलाई पूर्वसुचना प्रदान गर्न सकिने छ् । सुदृढ परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जडान गरिएको उक्त स्मार्ट साईरनको संचालन दोधारा चाँदनी नगरपालिका कार्यालयको स्थानीय आपतकालीन कार्य संचालन केन्द्रले गर्ने छ् । शनिवार स्मार्ट साईरनको परिक्षण पछि साईरनले आफ्नो काम सुरु गर्दै आएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>