महिला पतंजलि योग समिति नेपाल कञ्चनपुरको आयोजनामा भाेली बिहान गणतन्त्र दिवसकाे दिन मंगलबार बिहानदेखि ७ दिनसम्म महेन्द्रगर खुलामञ्चमा तनाव व्यवस्थापन तथा बृहत् योग शिविर सञ्चालन हुने भएको छ ।
योग शिविर जेठ १५–२१ गतेसम्म हरेक दिन बिहान ४ः३०–७ः०० बजेसम्म सञ्चालन हुनेछ याेग शिविर आयाेजक समितिले जानकारी दिएकाे छ ।
शिविरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग प्रशिक्षकहरूले प्रशिक्षण दिनुहुने मूल समिति संयोजक भावना केसीले जानकारी दिनुभयो । योग शिविरमा भीमदत्त नगरपालिका सह-आयोजक रहेको छ ।
‘योग शिविरमा जेठ १५ र १६ गते युवा नेपाल समितिका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी डा. देवविजयाजी, जेठ १७ र १८ गते महिला पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीजी र जेठ १९ र २० गते कर्णाली प्रदेश सेवा प्रभारी पुज्य स्वामी कर्णदेवजी महाराजले शिविरमा प्रशिक्षण दिनुहुनेछ ।’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शिविरको उद्घाटन गर्ने पतंजलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्टले जानकारी दिनुभयो ।
योग शिविरलाई व्यवस्थापन गर्न महिला पतंजलि योग समिति नेपाल कञ्चनपुरका जिल्ला उपाध्यक्ष भावना केसीको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
‘निःशुल्क सञ्चालन हुने योग शिविरमा सहभागिताका लागि प्रचार प्रसार भएकाे छ ।’
शिविर व्यवस्थापनको खर्च मूल समितिका सदस्य र भीमदत्त नगरपालिकाको सहयोगबाट व्यवस्थापन हुने जनाइएको छ । योग शिविरमा सहभागी भई व्यक्तिगत स्वास्थ्य र सामाजिक स्वच्छता कायम गर्न सबैमा अपिल गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि साध्वी डा. देवविजयाजीले हरेक व्यक्ति योग अभियानमा आवद्ध भएर राष्ट्रलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँका अनुसार समाजलाई सनातन संस्कृतिप्रति आकर्षित गर्न स्वामी रामदेवजी र आचार्य बालकृष्णजीले जीवन नै समर्पित गर्नुभएको छ । ‘योग स्वास्थ्यसँग मात्रै सम्बन्धित छैन, योगले मानसिक शान्ति कायम गर्ने भएकाले समाज र राष्ट्रमा नै समृद्धि ल्याउँछ,’ उहाँले भन्नुभयो, ‘आजकलका युवालाई सही मार्गनिर्देश नहुँदा लागूऔषध, कूलत र दुर्व्यसनीमा फसिरहेका छन् । योग अभियानले युवालाई कूलतबाट बचाउँछ ।’
शरीरमा गम्भीर खालका रोग लाग्न नदिन हरेक व्यक्तिले दिनदिनै योगाभ्यास गर्नुपर्ने उहाँले बताउनुभयो । महेन्द्रनगरमा सञ्चालन हुने योग शिविरबाट लाभ लिन उहाँले सबैमा आह्वान गर्नुभएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया