कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ मा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ। मंगलबार एक कार्यक्रमका बिच अस्थायी प्रहरी पोष्ट को उद्घाटन गरीएको हो।
लागुऔष प्रयोगकर्ताको संख्या बढ्दै गइराखेको ले अपराधीक गति बिधि न्युनिकरण गर्न र समाजमा शान्ति सुरक्षा कायम राख्न पोष्ट स्थापना गरेको बडा अध्यक्ष महेश राज जोशीले बताए।
उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्र देव जोशीले विगत केही वर्षदेखि लागु औषध प्रयोगकर्ता र यसको कारोबारीको संख्या बढ्दै गइ राखेको ले युवा हरु लाइ कुलतमा फस्न बाट जोगाउन र घरेलु हिँसा रोकथाम गर्न पोष्ट स्थापना गरेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले शान्ति सुरक्षा कायम राख्न पोष्ट स्थापना गरेको छ । अहिले युवा युवती बालबालिका लागु औषध कारोबारी को चंगुलमा फसेर लागु औषध सेवन गरि कुलतमा फस्न पुगेका छन्।
लागुऔषध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम राख्न पोष्ट स्थापना गरेको र समाजमा शान्ति सुरक्षा कायम गराउन स्थानीय स्तरबाट समेत सहयोग गर्नुपर्छ। अनि मात्रै समाजमा शान्ति कायम हुने बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया