Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १६ गते बुधबार

बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोठालाापानीबाट झुलाघाटतर्फ जाँदै गरेको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको पिथौरागढकी २१ वर्षीया मीना जोशी रहेकी छन्।

यस्तै दोगडाकेदार गाउँपालिका–६ की जानकी चुनारा,दशरथचन्द नगरपालिका–६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा  गम्भीर घाइते भएका छन्। गाडीमा चालकसहित ११ जना सवार  रहेका थिए। तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। जिप अनियन्त्रीत भएर दुर्घटना भएको  खुल्न आएको छ। जिप सडकबाट ३० मिटर तल खसेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>