Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ जेठ १७ गते बिहिबार

दोधारा चाँदनीको बाबाथान सडक निमार्ण कार्य सुरु हुने, स्थानियहरु खुशी

दोधारा चाँदनीको बाबाथान सडक निमार्ण कार्य अघि बढाईने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारको अलपत्र मुल सडक खण्ड निमार्ण कार्यको लागी दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आजको बैठकले रकम बिनियोजन गरेपछि स्थानियहरु खुशी भएका हुन् । बैठकले बाबाथानको अलपत्र ढुङ्गे सडक निमार्णको लागी रु. २० लाख रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिएका छन् । बाबाथान बजारमा २ सय मिटर मूल सडक खण्ड जीर्ण भएपछि वासिन्दा सास्ती खेप्दै आएका हुन् । ओटासिल प्रविधिमा केही वर्ष अघि गरिएको कालोपत्रे सडक जीर्ण भएपछि स्थानीय आवतजावत तथा सवारी साधान आवागमनमा निकै समस्या भएको हो । आर्थिक २०७०/०७१ आर्थिक वर्षमा निमार्ण सुरु गरिएको उक्त ओटासिल सडक २०७५/०७६ मा सम्पन्न भएको हो । झण्डै १४ वर्षपछि निमार्ण गरिएको सडक जीर्ण भएपछि गत वर्ष एक निमार्ण कम्पनीले जीर्ण भएको सडकको निमार्ण कार्य सुरु गरेको हो । निर्माण कम्पनीले सडक निमार्ण कार्यलाई अलपत्र बनाएर छाडे संगै उक्त सडक नदीको बगर सरह भएको छ । बाबाथान बजार क्षेत्रको झण्डै २ सय मिटर सडक अलपत्र भए संगै स्थानिय तथा बजार व्यवसायीहरुले समय समयमा विरोध जनाउदै आएका हुन् । केही दिन अघि व्यावसायीहरुले सडक निमार्ण कार्य सुचारु गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएका थिए । व्यवसायीहरुले बाबाथान सडक निमार्ण कार्य अघि नबढाए तिन पाङग्रे र चार पाङग्रे सवारी साधन आवागमनमा प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले सडक निमार्णको लागी बजेट बिनियोजन गरेसंगै स्थानियबासीहरु खुशी छाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>