Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १७ गते बिहिबार

निजामती कर्मचारी युनीयनको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति कन्चनपुरद्वारा आयोजित "संगठन विस्तार, छलफल एवं अन्तक्रिया" कार्यक्रम आज महेन्द्रनगरमा सम्पन्न भएको छ। युनियन कन्चनपुरका कार्यबाहक अध्यक्ष महेश कुमार जोशीको सभापतीत्वमा संचालन भएको उक्त कार्यक्रममा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेल प्रमुख अतिधि रहनु भएको थियो भने केन्द्रिय वरिष्ठ उपाध्यक्ष उत्तम कटवाल विशिष्ट अतिथि रहनु भएको थियो । 

केन्द्रिय वरिष्ठ उपाध्यक्ष उत्तम कटवालले कन्चनपुर जिल्ला आफ्नो दोश्रो घर जस्तै भएको र यहाँका कर्मचारीका पिर मार्काका सवालमा समस्या सामाधानका लागी आफु सधैव तयार रहेको साथै कर्मचारी युनियनको संगठन सुदृढिकरणका लागि देशका अधिकांश जिल्लाहरु भ्रमण गरी कार्यक्रम गरिरहेको कुरा बताउनु भएको थियो । निजामती कर्मचारीहरुका समस्या, गुनासो र पिर मर्काका बारेमा बोल्दै केन्द्रिय अध्यक्ष गोपाल प्रसाद   पोखरेल‌ले संघीय निजामती सेवा ऐनकाे मस्यैदामा भएका व्यवस्था र युनियनले संशोधन प्रस्तावका लागि गरेको पहलको बारेमा प्रकाश पार्नु भएको थियो ।


नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उप महासचिव इन्दु शर्मा, युवा सचिव भुपेन्द्र अधिकारी लगायत केन्द्रीय समितिका पदाधिकारीहरु, आधिकारीक ट्रेड युनियन कंचनपुरका जिल्ला  अध्यक्ष खगेन्द्र पण्डित, कंचनपुर युनियनका निवर्तमान अध्यक्ष प्रेम सिह ऐर लगायत युनियनकर्मि कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको साे कार्यक्रम जिल्ला सचिव गणेश बहादुर सिंहले संचालन गर्नु भएको थियो भने काेषाध्यक्ष जनक बहादुर सिहले स्वागत मन्तब्य राख्नु भएकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>