Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १८ गते शुक्रबार

मानव बेचबिखन नियन्त्रणको लागी दोधारा चाँदनी क्षेत्रमा गरिएको कार्यको सरोकारवाला बिच समिक्षा

दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसरा नियन्त्रणमा गरिएको कार्यको समिक्षा गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुरको सहयोगमा बसेको समिक्षा बैठकमा दोधारा चाँदनी नगरपालिका कार्यालय तथा सरोकारवाला निकायहरुले गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा गरिएको कार्यको समिक्षा गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेशवरी भट्टले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको संयोजकत्वमा बसेको बैठकले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न गरिएको कार्यको समिक्षा तथा आगामी दिनहरुमा मानव बेचबिखन तथा ओसारपसरा नियन्त्रण गर्न गरिने कार्यको बारेमा छलफल गरिएको बताईएको छ् । आगामी आर्थिक वर्षमा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउनको लागी सशक्त योजना बनाएर जाने बिषयमा निर्णय गरिएको संयोजक महेश्वरी भट्टले बताएका छन् । आगामी आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा थप प्राथमिकता दिईने निर्णय भएको उनले बताएका छन् । समिक्षा बैठकमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, वडाध्यक्ष तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्र भारतको दुई ठुला प्रान्त उत्तर प्रदेश र उत्तराखण्ड संग जोडिएको खुला सिमा क्षेत्र रहेको र मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेको बैठकमा छलफल गरिएको थियो । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>