Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ १८ गते शुक्रबार

गर्मीका कारण दोधारा चाँदनी नगर अस्पतालमा बिरामीको चाँप बढ्यो

अहिले गर्मीका कारण तराई जिल्लामा जनजिवन कष्टकर बन्दै गएको छ । तराईका अधिक्तम जिल्लामा तापक्रम ४२ डिग्री भन्दा उकालो लाग्न थालेकाले जनजीवन अस्तव्यस्त हुदै गएको हो । बिहानै देखि बहने तातो हावा र लाग्ने चर्को घामका कारण तराईका जिल्लाहरुमा स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ् । 
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको नगर अस्पतालमा आज भोली बिरामीहरुको चाँप हत्तै बढेर आएको दोधारा चाँदनी नगर अस्पतालका डाक्टर जयानन्द प्रसाद शाहले जानकारी दिनुभएको छ् । दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको दोधारा चाँदनी नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर जयानन्द प्रसाद शाहले बताउनुभएको छ् । गर्मीका कारण मानिसको शरिरबाट बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, वाकवाकी लाग्ने, जिउ दुख्ने समस्या, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने, ज्वरो, रुघाखोकी, टाईफाइड, निमोनिया र बालबालिकामा खटिराको समस्या, जस्ता लक्षणहरु भएका बिरामीहरु आउन थालेका मेडिकल अधिकृत डाक्टर जयानन्द प्रसाद शाहको भनाई रहेको छ् । अन्य समय भन्दा यतिबेला गर्मीले गर्दा अस्पतालको आकस्मिक कक्षमा भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको र बिरामी हुनेमा अधिकांश ८/१० बर्ष मुनिका बालबालिकाहरु र बृद्धबृद्धाहरुको संख्या बढी रहेको उहाँको भनाई छ ।
 अन्य समयमा १ सय २० जना अस्पतालमा बिरामी आउने गरेको र अहिले आएर गर्मीको कारण त्यसको संख्यामा दोब्बर भएको दोधारा चाँदनी नगर अस्पतालले जनाएको छ् । गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरुको बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या सृजना हुन नदिन पानी प्रशस्त पिउन चिकित्सकहरुले आग्रह गरेका छन् । गर्मीमा बाहिरबाट आउदा साबुन पानीले हात धुने, नुहाउने, वरपरको वातावरण सफा राख्ने, सधै पानी उमालेर पिउने, खानेकुरा अपच हुने तरिकाले नखाने, बासी र अस्वस्थकर जस्तो देखीने खानेकुरा नखाने, सामान्य बिरामी भएपनि चिकित्सकोमा गएर एक पटक जाँच गराईहाल्ने, गर्मीमा प्रदुषण धेरै हुने भएकाले लामो बाउला भएको कपडा लगाएर हिड्ने र माक्सको प्रयोग गर्ने लगाएतका कुरामा ध्यान दिन सके रोगबाट बच्न सकिने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । गर्मीको कारण दोधारा चाँदनी नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको भिड लाग्ने गरेको स्थानियहरुले बताएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>