Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १८ गते शुक्रबार

गर्मीका कारण दोधारा चाँदनी नगर अस्पतालमा बिरामीको चाँप बढ्यो

अहिले गर्मीका कारण तराई जिल्लामा जनजिवन कष्टकर बन्दै गएको छ । तराईका अधिक्तम जिल्लामा तापक्रम ४२ डिग्री भन्दा उकालो लाग्न थालेकाले जनजीवन अस्तव्यस्त हुदै गएको हो । बिहानै देखि बहने तातो हावा र लाग्ने चर्को घामका कारण तराईका जिल्लाहरुमा स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ् । 
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको नगर अस्पतालमा आज भोली बिरामीहरुको चाँप हत्तै बढेर आएको दोधारा चाँदनी नगर अस्पतालका डाक्टर जयानन्द प्रसाद शाहले जानकारी दिनुभएको छ् । दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको दोधारा चाँदनी नगर अस्पतालका मेडिकल अधिकृत डाक्टर जयानन्द प्रसाद शाहले बताउनुभएको छ् । गर्मीका कारण मानिसको शरिरबाट बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, वाकवाकी लाग्ने, जिउ दुख्ने समस्या, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने, ज्वरो, रुघाखोकी, टाईफाइड, निमोनिया र बालबालिकामा खटिराको समस्या, जस्ता लक्षणहरु भएका बिरामीहरु आउन थालेका मेडिकल अधिकृत डाक्टर जयानन्द प्रसाद शाहको भनाई रहेको छ् । अन्य समय भन्दा यतिबेला गर्मीले गर्दा अस्पतालको आकस्मिक कक्षमा भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको र बिरामी हुनेमा अधिकांश ८/१० बर्ष मुनिका बालबालिकाहरु र बृद्धबृद्धाहरुको संख्या बढी रहेको उहाँको भनाई छ ।
 अन्य समयमा १ सय २० जना अस्पतालमा बिरामी आउने गरेको र अहिले आएर गर्मीको कारण त्यसको संख्यामा दोब्बर भएको दोधारा चाँदनी नगर अस्पतालले जनाएको छ् । गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरुको बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या सृजना हुन नदिन पानी प्रशस्त पिउन चिकित्सकहरुले आग्रह गरेका छन् । गर्मीमा बाहिरबाट आउदा साबुन पानीले हात धुने, नुहाउने, वरपरको वातावरण सफा राख्ने, सधै पानी उमालेर पिउने, खानेकुरा अपच हुने तरिकाले नखाने, बासी र अस्वस्थकर जस्तो देखीने खानेकुरा नखाने, सामान्य बिरामी भएपनि चिकित्सकोमा गएर एक पटक जाँच गराईहाल्ने, गर्मीमा प्रदुषण धेरै हुने भएकाले लामो बाउला भएको कपडा लगाएर हिड्ने र माक्सको प्रयोग गर्ने लगाएतका कुरामा ध्यान दिन सके रोगबाट बच्न सकिने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । गर्मीको कारण दोधारा चाँदनी नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको भिड लाग्ने गरेको स्थानियहरुले बताएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>