Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ १९ गते शनिबार

भिमदत्तकाे आँखा शिविरमा चार सय बढिले लिए सेवा

खडक ब. काेली / कञ्चनपुरको भीमदत्त नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरबाट ४सय भन्दा बढीले सेवा लिएका छन् शनिबार भीमदत्त नगरपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल आँखा अस्पताल महेन्द्रनगरको प्राविधिक सहयोगमा नि शुल्क आँखा शिविर  आयोजना गरिएको हाे। उक्त शिविरबाट ४ सय १५ जनाले प्रत्यक्ष  सेवा लिएका छन् भने ५५ जनाको आँखाको अपरेसन २१३ जनालाई चस्मा वितरण र अन्यलाई औषधि वितरण गरिएको आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बिर सिंह धामीले बताएका छन्। उहाँका अनुसार उक्त शिविरमा आँखा नदेख्ने, नजिक र टाढाको दृष्टिमा समस्या , पढ्दा र लेख्दा  हुने समस्या मोतिया बिन्दु भएका  जेष्ठ नागरिकहरूको आँखा परीक्षण गरिएको हाे उक्त शिविरमा ६ नम्बर वडा र ८ नम्बर वडाका जेष्ठ नागरिकहरूले पनि सेवा लिएको नेत्र अधिकृत बिरसिंह धामीले बताए।  आँखाको अप्रेसन गर्नुपर्ने जेष्ठ नागरिकहरूको अप्रेसन केही दिनभित्रै गरिने भएकाे छ। निःशुल्क आँखा परिक्षण तथा उपचार शिविरमा उद्घाटन गरेका भिमदत्त नगरपालिकाका मेयर पदम बोगटीले भिमदत्त नगरपालिकाले स्वास्थ्यलाई विशेष महत्व दिएको  बताए। जेष्ठ महिनाभित्रै १६ नम्बर वडा र ४  नम्बर  वडामा शिविर हुने भएकाे छ। आँखा शिविरमा जनप्रतिनिधिहरू, आँखा अस्पताल महेन्द्रनगरका कार्यालय प्रमुख डा. खगेन्द्र उप्रेती लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>