Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २० गते आइतबार

यसरी प्रभावकारी बनाईदैछ दोधारा चाँदनीमा बाढीको पूर्व सूचना प्रणाली

हरेक वर्ष बाढी र डुबानबाट दोधारा चाँदनी नगरपालिकाको विभिन्न बस्ती प्रभावित हुदा धेरै जनधनको क्षति हुने गरेको छ् । बाढी सम्बन्धी हालको पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाएर क्षति र जोखिम न्यूनीकरण गर्ने गरी तयारीमा दोधारा चाँदनी नगरपालिका कार्यालय र विपद्को क्षेत्रमा काम गर्दै आएका गैरससरकारी संस्था डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल जुटेका छन् । बाढीको जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागी बाढीबाट अति प्रभावित र जोखिम रहेका बस्तीहरुको नक्साङन गरेर पूर्वसूचना उपलब्ध गराउने कार्य योजनामा दोधारा चाँदनी नगरपालिका लागिपरेको छ् । बाढीको जोखिममा रहेका स्थानहरु पहिचान गरि त्यहाँ रहेका घर, बसोबास गर्ने मानिसको तथ्याङक संकलन गरी सम्बन्धित निकाय संग एकीकृत रुपमा काम गर्ने गरी योजना ल्याईदैछ् । जोखिममा रहेका स्थानहरुको सम्पूर्ण अवस्था यकिन गरिएपछि दोधारा चाँदनी नगरपालिकाले बाढीले पार्न सक्ने असर बारे स्थानीय बासिन्दालाई जानकारी गराउनेछन् । यस्तै, जल तथा मौसम विज्ञान विभाग संग समन्वय गरेर जोखिम रहेका स्थानका बासिन्दालाई् सञ्चारका विभिन्न माध्यमबाट सूचना उपलब्ध गराइने दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टले बताउनुभएको छ् । अहिले जल तथा मौसम विज्ञान विभागले देशका प्रमुख नदीमा आउने बाढी सम्बन्धी सूचना सञ्चारका विभिन्न माध्यमका साथै मोबाइल एसएमएस मार्फत सर्वसाधारण सम्म पुर्‍याउने गरेको छ् । अहिले भईरहेका कामलाई अझै व्यवस्थित र नक्साको आधारबाट तथ्यपरक हुने गरी योजना बनाउन दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु संग समन्वय गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० बाढीको उच्च जोखिममा रहेका वडाहरु हुन् । वर्षेनी महाकाली र जगबुडा नदीमा आएको बाढीको कारण तटिय क्षेत्रका बासिन्दाहरु बिस्तापित हुने तथा उर्वरक भुमी कटानीको मारमा छन् । डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा महाकाली पक्की पुलमा जलमापन यन्त्र, दोधारा चाँदनी नगरपालिका– १० को ओंमकार आधारभुत बिद्यालयमा स्मार्ट साईरन लगाएतका पुर्व सुचनाका प्रणाली यन्त्र जडान गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका तटिय क्षेत्रका स्थानियहरुलाई बाढी आउनु पूर्व नेपाल टेलिकम र एनसेलको नेटवर्कमा एसएमएस मार्फत तथा जडान गरिएको स्मार्ट साईरन मार्फत पूर्व जानकारी दिईने यस पटक व्यवस्था मिलाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । महाकाली नदीमा जडान गरिएको जलमापन उपकरणले नदीको स्तरको बारेमा जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा सूचना पठाउछ् ।  त्यसका आधारमा स्थानीयहरुलाई एसएमएस मार्फत सूचना प्रवाह गरिने व्यवस्था गरिएको उहाँको भनाई रहेको छ् । सर्वसाधारणलाई एसएमएस मात्र होईन, विभागले अहिले प्रदेश सरकार र स्थानीय तहमा पनि पूर्व सूचना उपलब्ध गराउने छ् ।  पुर्व सुचना प्रणाली अन्तर्गत जनतामा सूचना प्रवाह गरेर सम्भावित जोखिम बारे सजग गर्दा बाढीबाट हुने धनमाल तथा मानवीय क्षति कम हुने बताईएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>