Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २२ गते मङ्गलबार

हात्तिबाट जाेगिन कंचनपुरकाे उत्तरि क्षेत्रमा बिधुतिय साइरन जडान

जंगली जनावर गाँउ बस्न नदिन कञ्चनपुरको उत्तरी चुरे वन तटिय क्षेत्रका गाँउबस्तीमा ईलेक्ट्रोनिक साईरन जडान गरिएको छ ।
ठुला जनावर गाँउबस्न नदिन भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रका उत्तरी चुरे वन तटिय क्षेत्रका गाँउबस्तीमा ईलेक्ट्रोनिकसाईरन जडान गरिएको हो ।
चुरेवनबाट ठुला जनावर हात्ती, चितुवा सहितका ठुला साना जंगली जनावर धपाउन साईरन उठान गरिएको छ । 
मुख्य गरेर अन्नबाली सिजनमा हात्तीका बथान जंगलबाट गाँउबस्ने नदिन गाँउ बसे पुन जंगलमै धपाउन साईरन जडान गरिएको स्थानीयले बताएका छन ।
बेदकोट नगरपालिका ७गाउजीका स्थानीय बलदेव नाथले चुरेजंगलबाट गाँउतिर आउने हात्ती सहितका ठुला, साना जनावर धपाउन साईरन जडान गरिएको बताए ।
‘गाँउमा हात्ती सहितका ठुला जंगली जनावर पस्थे, ‘उनले भने, ‘जनावर गाँउपसेपछि सबै गाँलेहरुलाई खबर गर्न सम्भव हुने थिएन, अहिले साईरन जडान गरिएको छ, गाँउमा हात्ती पस्नासाथ साईरन बनाउँछौँ, सबै गाँउले सचेत हुन्छन, एक ठाँउमा जम्मा भएर हात्ती फेरी जंगलतिरै धपाउने काम गर्छन ।
साईरन जडान भएपछि रातीका बेला ५ किलोमिटरसम्म आवाज जाने भएकाले स्थानीयले पनि हात्ती आएको थाहा पाएर एकै ठुलो क्षतिबाट सचेत हुने गरेको उनले बताए। 
भीमदत्त नगरपालिका १ बाराकुण्डाका स्थानीय पदम विष्टले साईरन जडान भएपछि आवाज आउनासाथ रातीका बेला गाँउले जम्मा भएर धपाउन सहज भएको बताए ।
‘गाँउमा पस्ने हात्तीले मानविय तथा भौतिक ठुलो क्षति गर्नबाट हामी पहिल्यै सचेत हुन्छौँ, ‘उनले भने, ‘एकै पटक सयौँ, हजारौँ जनतालाई सन्देश दिन साईरनमले मदन गरेको छ ।’ 
 
विगतका बर्षहरुमा गाँउमा हात्ती पसेपछि मानिसहरु एकजुट हुन समस्या भएपनि अहिले हटेको बताए ।
 
चुरे सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले जिल्लाको उत्तरी भेग बेदकोट र भीमदत्त नगरका चुरे गाँउबस्तीमा जंगली जनाएर आएर अन्नबालीदेखि भौतिक सरचना एव मानवमाथि आक्र्रमण गर्न थालेपछि समयमै हात्ती जंगलतिरै धपाउन साईरन जडान गरिएको बताए ।
 
अध्यक्ष कुँवरका चुरे सञ्जालले पश्चिम तराई भूपरिधी कार्यक्रम मार्फत विभिन्न समयम १२ साईरन जडान गरिएको बताए ।
 
‘साईरन जडान गरेपछि गाँउमा बस्ने हात्ती धपाउन सहज भएको छ, ‘छिटो समयमै गाँउले एकजुट भएर हात्तीलाई गाँउतिरै धपाउँछन।
 
हात्ती लगायतका अन्य ठुला जनावर प्रभावित गाँउबस्ती साईरन जडान गरिने अध्यक्ष कुँवरले बताए। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>