Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष २३ गते शुक्रबार

जलवायुमा परिवर्तन : ६ हजार मिटरमाथि मात्रै हिउँ


बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए।
ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए। हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं। तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ।’
उक्त हिमाल चीनको तिब्बतसँग जोडिएको क्षेत्र हो। ‘दुई दशकअघि साइपाल हिमाल जाँदा ४ हजार मिटरको उचाइमै हिउँ सुरु हुन्थ्यो’, उनी भन्छन्, ‘तर, अहिले ६ हजार मिटरबाट मात्रै हिउँ देख्न पाइन्छ।’ हिमालमा वैशाख र जेठमा पनि हिउँ भइरहने क्षेत्र घटिरहेको उनको भनाइ छ। जलवायु परिवर्तनका कारण हिउँ पग्लिन थालेपछि हिमताल, हिमझरना पनि सुक्न थालेका छन्। सेताम्मे देखिने पानीका झरनामा पानी घट्न थालेपछि तिनीहरूको सुन्दरतामा ह्रास आएको छ।
दुई/तीन दशकअघि हिमाल भएको स्थान मरुमूभिजस्तै भएको छ। त्यतिबेला स्थानीयवासी हिउँमा यार्सागुम्बा खोज्न जाने गर्थे। 
हरेक व्यक्तिले दैनिक १ हजारदेखि १५ सयसम्म यार्सागुम्बा संकलन गरेका उदाहरण छन्। तर, हिमालको आयतन घट्यो, क्षेत्र पनि घट्यो। अहिले दुई–ढाई सय मात्रै यार्सा संकलन हुन्छ’, साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामी भन्छन्। 
साइपाल हिमाल ७ सय ३१ मिटर उचाइमा छ। दुई दशकअघि गर्मीयाममा पनि ४ हजार मिटरदेखि हिउँ देखिन्थ्यो। तर, अहिले हिउँ पग्लिएर माथि गएको छ। अहिले ६ हजार मिटरदेखि मात्रै हिउँ सुरु हुन्छ। यो भनेको जलवायुमा आएको परिवर्तन भन्न सकिन्छ’, गाउँपालिका अध्यक्ष धामी भन्छन्, ‘हिमाल जोगाउन संघीय सरकारको कुनै दीर्घकालीन योजना आउनु जरुरी छ।’यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>