Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २३ गते बुधबार

लालझाडीमा मनाइयाे विश्व पर्यटन दिवस

कञ्चनपुरको लालझाडी गाउँपालिकाले विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम मनाएको छ । पालिकाको आयोजनामा निड्स नेपाल अन्तर्गत मर्सिकोर (एम रेड) ,कारितास नेपाल (एनएल आर पि –आइ )जुनेली महिला कृषि सहकारी संस्था,लि–वर्डको(सक्षम )को सहकार्यमा “हाम्रो भुमी हाम्रो भबिस्य” भन्ने मुलनारा सहित बृक्षारोपण एवं सरसफाइ कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको छ ।
बुधबार लालझाडी गाउँपालिका कार्यालयबाट ब्यानर, प्लेकार्ड सहित विश्व वातावरण दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गर्दै बृक्षारोपण एवं बिधालयमा सरसफाइ कार्यक्रम गरिएको हो । बृक्षारोपण कार्यक्रममा आँप ,लिची,कागती ,रक्तचन्दन,मसला ,अशोक लगायत विभिन्न प्रजातीका फुलका बिरुवाहरु लगाइएको निड्स नेपाल अन्तर्गत मर्सिकोर (एम–रेड)का प्राविधिक अधिकृत कौशल भण्डारीले जानकारी दिनुभयो ।
सामुदायिक विपद ब्यवस्थापन समितीले दोदा नदि छेउमा बृक्षारोपण गर्नका लागि घेरवार गरेको स्थानमा विभिन्न निकायहरूको सहकार्यमा मसलाका बोटबिरुवाहरु लगाउदै शंकरपुर स्वास्थ्य चौकीमा फलफुलका बिरुवा रोपिएको प्राविधिक अधिकृत भण्डारीले बताउनु भयो । वातावरण दिवसकै अवसरमा भानु माध्यामिक बिधालयलाई २ थान डस्ट्विन लगायतको सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की,कृषि बिकाश शाखाका प्रमुख दशरथ साउँद,वातावरण शाखा प्रमुख नरेश भट्ट,रोजगार संयोजक केशव पन्त,पशुपक्षी शाखा प्रमुख बिशन बिष्ट,सहकारी शाखाका प्रमुख प्रभु जोशी , बिधालयका प्रधानाध्यापक एवं प्रतिनिधि,सामुदायिक बिधालयका बाल क्लबका बिद्यार्थी ,स्थानीय सामुदायिक विपद व्यवस्थापन समिती पदाधिकारी,सहकार्य निकायका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>