Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २४ गते बिहिबार

बडुवाल टोलका चम्फाको घर निमार्ण गर्दै स्वतन्त्रका नेता कुमाल, निमार्ण कार्य अन्तिम चरणमा

जंगली हात्तीले भत्काएको घर स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीका संयोजक तथा सामाजसेवी भिम कुमालले निमार्ण कार्यलाई अन्तिमरुप दिएका छन् । दोधारा चाादनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले केही महिना अघि घर भत्काएर छिमेकीको शरणमा बस्दै आएका चम्फा सार्कीको घर निमार्ण कार्य अन्तिम चरणमा पुगेको स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीका संयोजक तथा सामाजसेवी भिम कुमालले जानकारी दिएका छन् । स्वतन्त्र नागरिक संगठनका नेता भिम कुमालले आफुले रकम दिएर सुरुवात गरेको चम्फा सार्कीको घर निमार्ण गर्ने अभियानमा उनलाई देश तथा बिदेशबाट समेत केही रकम सहयोग गरेका थिए । दुई कोठा तथा बरन्डा सहितको पक्की घर निमार्ण कार्य अन्तिम चरणमा पुगेको नेता कुमालले बताएका छन् । कर्कट पाता लगाएत केही निमार्ण कार्य पुरा बाँकी रहेको उनले बताएका छन् । सरकार पक्षले चम्फा सार्कीलाई सहयोग नगरेको अवस्थामा नेता भिम कुमालले केही अभियान मार्फत रकम संकलन गरि घर बनाईदिने आश्वासन दिएका हुन् । आश्वासन अनुसार उनले घर निमार्ण कार्यलाई अघि बढाउदै आएका हुन् । जंगली हात्तीले चम्फाको घर भत्काएपछि उनि र उनका घरपरिवार बिचल्लीमा परेका हुन् । खाद्यान्न समेत नपाएर छटपटिएको अवस्थामा नेता कुमालले चम्फा सार्कीको घरपरिवारलाई खाद्यान्न समेत उपलब्ध गराएका थिए । घर निमार्ण कार्यमा केही रकम थप अपुग भएको भन्दै सहयोगको लागी सबैलाई सामाजिक मार्फत आग्रह गरेका छन् । आफ्नो घर निमार्ण हुदै गरेका भन्दै चम्फा सार्कीको घरपरिवारले सहयोगी भिम कुमाल र अन्य दाताहरुलाई धन्यबाद दिएका छन् । निमार्णधिन चम्फाको घरको अवस्था बुझ्न स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीको भक्त बहादुर सुनार, भिम कुमाल लगाएको टोली बडुवालमा रहेको चम्फा सार्कीको घरमा पुगेका हुन् । कोरोना संक्रमणको बेला स्थानियहरुलाई सहयोग गरेर चर्चामा कमाएका स्वतन्त्र नागरिक संगठन दोधारा चाँदनीका संयोजक भिम कुमालको चम्फाको घर निमार्ण कार्यलाई स्थानियहरुले खुलेरै प्रशंसा गरेका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>