Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ जेठ २५ गते शुक्रबार

बिचाैलियााे कमिसनमा याेजना दिने ग्यारेन्टि हुदा माननियलाई आफ्ना याेजना पर्ने नपर्ने चिन्ता ।

धनगढी प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्यानुपर्छ । सुदूरपश्चिम प्रदेश सरकार पनि अहिले बजेट निर्माणको चटारोमा छ । सरकारले बजेट बनाइरहेका बेला सरकारी कर्मचारी, सरकारको नेतृत्वकर्ता दल एकीकृत समाजवादी पार्टीका नेता, स्थानीय तहका जनप्रतिनिधिहरू धनगढी केन्द्रित भएका छन् । धनगढीका एक होटल व्यवसायीका अनुसार अहिले प्रायजसो होटल योजना माग्न झरेका वडाध्यक्ष, मेयर/उपमेयर, अध्यक्ष तथा उपाध्यक्षले भरिभराउ छन् । उनीहरुसँगै पुलको भूमिका निर्वाह गर्ने राजनीतिक कार्यकर्ता र बिचौलियाहरू पनि उतिकै सक्रिय छन् । प्रदेश सरकारले निर्माण गरिरहेको अगामी आर्थिक वर्षको बजेटमा योजना पार्न बिचौलिया सक्रिय बनेको विषय सुदूरपश्चिम प्रदेश सभामा पनि उठेको छ ।
सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले बिचौलिया सक्रिय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सत्तारुढ एमालेका प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले बिचौलियाहरूले हाकाहाकी कमिसन मागेर योजना खरिदबिक्रि गरिरहेको दाबी गरे । उनले सांसदको ध्यान र चिन्ता एक/दुई योजना नपर्नेमा भए पनि बिचौलियाको चिन्ता पैसा उठाउनेमा रहेको समेत बताएका छन् ।
‘उडिरहेको प्लेन चरासँग ठोक्किएजस्तै प्रदेश कतै बिचौलियासँग ठोकिन्छ कि डर लागिरहेको छ । बाहिर अर्कै गन्ध आइरहेको छ । हामीलाई टेर्न छाडिसक्यो,’ मल्लले भने, ‘हामी माननीयलाई एक/दुई योजना पर्छ कि पर्दैन भन्ने चिन्ता छ तर बिचौलियालाई कति योजनामा पैसा उठाउन सकिन्छ भन्ने चिन्ता छ । हाकाहाकी यति प्रतिशत कमिसन दियो भने योजना हालिदिन्छु भनिरहेका छन् ।उनले प्रदेश सभा सदस्यले पेस गरेका ७० प्रतिशत योजनामा बिचौलियाले आफूले हालेको भन्दै पैसा लिइसकेको दाबी गरेका छन् ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले पनि बजारमा योजना माग्नेहरूको अस्वाभाविक भिडभाड देखिएको टिप्पणी गरेका छन् ।
‘योजना माग्न आएकाहरूको बजारमा भिडभाड छ । बजेट माग्न आएका छन् । यो के हो ? यहाँ स्थिति अर्कैतिर देखिएको छ,’ खड्काले भने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>