Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २५ गते शुक्रबार

बजेट ल्याउनै लाग्दा समेत सुदुरपश्चिममा भएन सरकार बिस्तार माओवादि बाट यस्ता मन्त्रीका दावेदार

सुदुरपश्मुचिम सरकारका मुख्यमन्त्री नियुक्त भएको एक महिना बढि हुदा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। दिर्घ सोडारी नेतृत्वको सरकारमा समान हैसियतका दुई ठुला दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले सहभागि भएका छैनन। 
एमाले माओवादी नेताहरुले सुदूरपश्चिममा सरकार विस्तारमा केन्द्रले चासो नदिएको आरोप लगाएका छन् । हाल मुख्यमन्त्रीबाहेक नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् । सरकार विस्तारमा ढिलाई भएपनि माओवादीभित्र मन्त्रीका लागि आकांक्षीको दौडघुप छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनीहरुले आफुलाई मन्त्री बनाउनुपर्ने माग गरेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका नेता खगराज भट्टले मन्त्री नहुने घाेषणा पहिले नै गरेका छन । पुर्व सरकारमा मन्त्री  जना दोहरीने सम्भावना न्युन रहेको माओवादी केन्द्रका एक पदाधिकारीले बताए ।माओवादी केन्द्रका सभामुख बाहेक सुदूरपश्चिममा १० जना सांसद छन् ।
१० जनामध्ये यसअघि कमल शाह नेतृत्वको सरकारमा माओवादीका झपट साउद,रमेश धामी र गितादेवी माल सहभागि भएका थिए । ८ महिना नपुग्दै सत्ता गठबन्धन परिवर्तन भएपछि उनीहरु सरकारबाट बाहिरीएका थिए । त्यसकारण तत्कालीन समयमा सरकारमा रहेका साँउद र रमेश धामीलाई मन्त्री दोहर्याउन समेत माग छ ।
तर अहिले माओवादीबाट ओमविक्रम भाट,झपट साउद,अक्कल रावल र शिवसिंह ओलीको नाम चर्चामा छ । राज्यमन्त्रीमा लक्ष्मी विकको नाम चर्चामा छ । भाट कञ्चनपुरबाट निर्वार्चित सांसद हुन । माओवादी नेताहरुका अनुसार माओवादीबाट भाट मन्त्री बन्ने पक्कापक्कीजस्तै छ ।यसबाहेक अछामबाट निर्वाचित झपट साउँद र अक्कल रावलको नाम पनि चर्चामा छ । ८ महिनामै बाहिरीनुपरेकाले झपट दोहरीने सम्भावना समेत रहेको नेताहरु बताउँछन् । तर अछामबाट दुईपटक अक्कल रावल निर्वार्चित भएकाले उनलाई मन्त्री बनाउन पार्टीभित्रै दबाब छ ।तर यसअघिको सरकारमा अछामबाट झपट साँउद मन्त्री भैसकेकाले तत्काल डोटीबाट निर्वार्चित सांसद शिव ओलीलाई मन्त्री बनाउनुपर्ने माग पनि माओवादीभित्र छ । माओवादीबाट दुईजना मन्त्री बन्ने सम्भावना छ ।  मन्त्रीको अन्तिम टुङ्गो भने पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>