Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २५ गते शुक्रबार

बेलौरी नगर‌ प्रथम युवा सम्मेलन, पालिकालाई युवामैत्री बनाउने तयारी

लाल बहादुर एस के
कञ्चनपुरको बेलौरी नगरपालिकालाई युवामैत्री नगर बनाउनका लागि प्रथम युवा सम्मेलन आयोजना गरिएको छ।बेलौरी नगर युवा सञ्जालकोआयोजनामा शुक्रबार भएको सम्मेलनको विभिन्न सत्रमा पालिकालाई युवामैत्री स्थानीय शासन लागू गर्ने विषयमा छलफल गरिएको हो । 
सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति समेत रहेका बेलौरी नगर प्रमुख पोतीलाल चौधरीले युवाको विकासका क्षेत्रमा लगानी गर्दै आगामी वर्ष युवा लक्षित विभिन्न कार्यक्रम गरी युवामैत्री पालिका बनाउनेतर्फ अघि बढ्ने बताउदै युवाले आफ्नो लक्ष्य पहिचान गरेर मात्र पाइला चाल्नुपर्ने भन्दै उहाँले युवाका लागि संघीय, प्रदेश र स्थानीय तहले आवश्यक सीप विकास, शिक्षा र गुणस्तरीय उपलब्धीमा ध्यान दिनुपर्ने बताउनुभयो । 

पालिकाभित्रका युवालाई यहीँ राख्न सकिए मात्र पनि देशमा भाेलिका लागि आवश्यक जनशक्ति जोगाउन सकिने उहाँले बताउनुभयो । बेलौरीमा नगरपालिकाले युवा विकासको क्षेत्रमा युवा जनप्रतिनिधिकै राय अनुरुप कार्यक्रम गरिरहेको उहाँको भनाई छ । बेलौरी नगर युवा सञ्जाल २०८० फागुन १७ गते गठन भएतापनि प्रथम सम्मेलनबाट सम्पूर्ण पदाधिकारीहरूलाई सपथ ग्रहण गराएको छ ।
 नगरप्रमुखद्वारा सम्मेलनमा बेलौरी नगरपालिकाका लेखा शाखाका प्रमुख कार्यक्रमका विशिष्ट अतिथि ओम प्रकाश उपाध्यायले विदेशबाट फर्किएका युवा समेतलाई रोजगारीको अवसर सृजना गर्न विभिन्न सीपमुलक तालिम दिईरहेको बताउनुभयो । 
सम्मेलनमा युवा, सपना, संघर्ष र सफलता विषयक संवादमा बोल्दै बेलौरी नगर प्रमुख प्रशासकीय अधिकृत तारादत अवस्थीले देशको खम्बा केही कमजोर भईदिँदा युवा पलायनको त्रास बढ्दै गएको बताउनुभयो । 
स्थानीय सरकारले युवाका विषयलाई समेट्ने बित्तिकै युवा पलायन रोक्न र समाजमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न पालिका सफल हुने उहाँको भनाई छ । त्यस्तै, बेलौरी नगर युवा सञ्जालका अध्यक्ष कार्यक्रमका सभापति  बिस्नु अवस्थीले युवामैत्री शासनका निम्ति युवाको भूमिका विषयमा युवालाई सुझाव सल्लाह दिनुभयो को थियो। 
बेलौरी नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा १५ सदस्य रहने गरी नगर युवा सञ्जाल गठन गरि १५ सदस्यीय  नगर समिति गठन भएको छ । स्वागत मन्तव्य पार्वती भट्टले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालक सन्दिप भट्ट र रिता चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>